असिनाले लागेर आठवटा भेडा मरे

736 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, चैत ९ – धादिङको सुनौलावजार गाविसको वडा नम्बर ८ हाँडीखोलामा शनिवार दिउँसो परेको असिनाले लागेर एकै ठाउँमा आठ वटा भेडा मरेका छन् ।5518_697456576959513_971893784_n

उच्च हिमाली भेगमा पाईने भेडाको नश्ल सुधार गरी उन्नत जातको वाख्रा उत्पादन गर्ने उद्देश्यका साथ कला एग्रो प्रोडक्ट एण्ड रिसर्च प्रालिले धादिङको सुनौलावजार गाविसको हाँडीखोला पातलमा व्यवसायिक रुपमा वाख्रा पालन गर्दै आईरहेको छ ।

कम्पनीका सञ्चालक रमेशभाई अधिकारीका अनुसार असिना लागेर आठ वटा भेडा मर्दा १ लाख रुपैयाँ भन्दा बढीको क्षती भएको छ । अधिकारीले एक सय रोपनी जमिनमा वनाईएको गोठ तथा चरन क्षेत्र भित्र करिव एक करोडको लगानीमा व्यवसायिक रुपमा वाख्रा र भेडा पालन गर्दै आईरहनु भएको छ  । फर्ममा रहेका १ सय ४५ वटा भेडा वाख्रामध्ये आठ वटा भेडा असिनाले लागेर मरेको जिल्ला पशु सेवा कार्यालय धादिङले जनाएको छ ।

फर्ममा रहेको भेडा वाख्रा चरनका लागि जंगलतर्फ लगेको वेला एक्कासी परेको असिनापानीले लागेर आठ वटा भेडा मरेको फर्मका हेरालु मेन थापा तामाङले बताउनुभयो । असिनाले लागेर भेडा वाख्रा चराउन गएका २१ वर्षका कान्छा विक पनि घाइते हुनु भएको छ । घाईते विकका अनुसार १५ मिनेटको समयसम्म लगातार असिना परेकोमा केही असिना आधा किलो सम्मका थिए ।