त्रिशुलीमा बस खस्दा ५ जनाको मृत्यु

516 पटक पढिएको

सम्पादक: Dhadingnews.com

(फिस्लिङ)-चितवन,  १० चैत – काठमाडौबाट धनकुटा हिलेका लागि छुटेको वस आइतबार साँझ चितवनको फिस्लिङबाट त्रिशुलीमा खस्दा ५ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।

ना ४ ख ५८२९ नम्बरको बस साँझ पौने ८ वजेतिर पृथ्वी राजमार्गबाट त्रिशुलीमा खस्दा पाँच जनाको शव भेटिएको हो । मृतकको सनाखत भइनसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चितवनका प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले मृतकहरुको साथमा पहिचान हुने कुनैपनि कागजपत्र नभेटिएको र चालक सहयोगी एवं गाडी धनी सम्पर्कमा नआएकाले पहिचान गर्न कठिन भएको बताउनुभयो ।

यात्रुका आफन्तहरु सम्र्पकमा आउन थालेकाले दिउँसोसम्ममा पहिचान हुनसक्ने उहाँले बताउनु भयो । मृतकमध्ये तीनजना पुरुष र दुईजना महिला रहेका छन् ।

घाइते सवैको कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।