टिकादेवीको कोठामा चोरी

565 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१० चैत- धादिङको सदरमुकाम धादिङबेसी नजिकै रहेको साङकोष गाविसको वडा नम्बर ३ पशुपती नजिकै बस्ने चन्द्रलाल उप्रेतीको कोठामा आईतवार चोरी भएको छ ।
घरमा कोही नभएको मौका मारेर घर भित्र प्रवेश गरेको चोरले उप्रेतीको कोठावाट नगद ३५ हजार र डेढ तोलाको सुनका गहनाहरु चोरी गरेको पाईएको उप्रेतीका दाजु कृष्णलाल उप्रेतीले वताएका छन ।
जिल्लाकै ज्यामरुङ गाविस वडा नम्बर ६ घर भई हाल वैदेशिक रोजगारीमा रहेका उप्रेतीका श्रीमती टीकादेवी र एक छोरा उक्त कोठामा बस्दै आईरहेकोमा आईतवार दिउंसो ४ वजे तिर टिकादेवी घर वाहिर निस्किएको वेला पारेर चोरी भएको वताईएको छ । घटनाको जानकारी पाए पछि प्रहरीले यस बिषयमा अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

===================================================

“कृपया हाम्रो यस अनलाईनमा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत ( साभार धादिङन्युज डट कम ) अनिबार्य खुलाउनु होला । धन्यवाद “