विश्व क्षयरोग दिवसको अवसरमा नौविसेमा ¥याली एवम् सचेतनामुलक कार्यक्रम

519 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आशिष ठकुरी

नौबिसे, चैत्र १० – विश्व क्षयरोग दिवसको अवसरमा धादिङको नौविसेमा सोमबार ¥याली एवम् सचेतनामुलक कार्यक्रम गरिएको छ । ‘छुटेका सबै क्षयरोगका बिरामीहरुलाई खोजौँ, उपचार गरी निको पारौँ ’ भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा कार्यक्रम भएको हो ।

                  कार्यक्रम अन्र्तगत नौबिसे स्वास्थ्य चौकीबाट खानीखोला बजार र पुन फर्केर स्वास्थ्य चौकी सम्म क्षयरोगका विषयमा लेखिएको विविध प्लेकार्ड सहित ¥याली गरीएको छ । नौबिसे स्वास्थ्य चौकिमा भएको सचेतनामुलक कार्यक्रममा क्षयरोगका किसीम, सर्ने तरीका, मुख्य चिन्ह र लक्षण , बच्ने उपाय लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका क्षय÷कुष्ठ अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी देवरत्न मर्हजनले जिल्लाभर ३ सय ५२ जना क्षयरोगका बिरामीले उपचार गराईरहेको बताउनुभयो । उहाँले ति मध्ये फोक्सोमा लाग्ने क्षयरोगका बिरामी २ सय ८४ जना रहेको र अन्यको भने शरिरका अरु भागमा क्षयरोग लागेको बताउनुभयो । यसैगरी जिल्लामा प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधी खुवाउने प्रविधी (डट्स) बाट ८ जना बिरामी निको भएको र ६ जनाको उपचार भईरहेको क्षय÷कुष्ठ अधिकृत मर्हजनले बताउनुभयो । यस्तै नौविसे स्वास्थ्य चौकिका प्रमुख शिवहरी भट्टले दुई साता भन्दा बढि खोकि लागेमा , खकारमा रगत आएमा, क्रमश तौल घट्दै गएमा जस्ता लक्षण देखिएमा चिकित्सककहाँ परामर्श लिन आग्रह गर्नुभयो । जिल्लाभर क्षयरोगका २१ उपचार केन्द्र र ३४ उप केन्द्र रहेका छन् । यसैगरी जिल्लाको नौबिसे ,महादेववेशी, मैदि र सुनौलाबजार स्वास्थ्य चौकी, गजुरी र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, शहिद मेमोरीयल, राजमार्ग र धादिङ जिल्ला अस्पतालमा क्षयरोग परीक्षणका लागि ल्याबको व्यवस्था रहेको छ । नौबिसे गाउँ विकास समितीका सचिव खेम बहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको आतिथ्य र स्थानियबासीहरुको सहभागीता रहेको थियो ।