ट्रक पल्टिदा बालकको मृत्यु

579 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – तसर्पु गाविस वाहुनस्थानको ग्रामीण सडकमा ट्रक दुर्घटना हुँदा मंगलबार एक बालकको ज्यान गएको छ ।

स्थानीय रुटमा ढुङ्गा बोक्ने वा २ ख ४९५३ नम्बरको आइचर ट्रक मंगलवार वेलुकी तसर्पु गाविस ४ वाहुनस्थानमा पल्टिदा ८ बर्षका भुपेन तामाङको घटनास्थलमानै ज्यान गएको हो ।

दुर्घटनामा परी अरु ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अरुको सामान्य रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौको शिवज्योति अस्पतालमा लगिएको छ ।

यसैगरी जिल्लाकै चैनपुर गाविसको रामपुरबाट धादिङबेसी आउंदै गरेको ट्रक पल्टेर चेप्दा एकै परिवारका ३ जना घाइते भएका छन् । मंगलवार साँझ भएको दुर्घटनामा घाइते भएका सबैलाई काठमाडौ धापासीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।