बस चढेको दुई मिनेटमा ज्यान गयो

585 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२७ चैत –  भनिन्छ कुनै दिनको साईत निकै खराव हुन्छ । भाग्यमा विश्वास गर्नेहरु यात्रामा हिंडदा साईत भए नभएको हेराउने गर्दछन । तर दैनिक जिवनमा साईत हेरेर हिड्न सम्भव पनि छैन । साईत हेर्देमा हुनेहार दैव नटार भने जस्तो केही हुने पनि होईन । बस चढेको दुई मिनेट नपुग्दै दुर्घटनामा परेर धादिङको बैरेनीमा एक जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गमा पर्ने धादिङको बैरेनी गाविस वडा नम्बर ९ सुत्केरीढुङ्गामा विहीवार दिउंसो सवा चार वजे तिर भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको हो। एक जना गम्भिर घाईते भएका छन ।
imagesकाठमाण्डौवाट गोरखाका लागि छुटेको ना ४ ख ७६३ नम्बरको यात्रुवस र बेल्खुवाट वालुवा लिएर काठमाण्डौं तर्फ जांदै गरेको वा २ ख ७८५५ नम्बरको ट्रिफर एक आपसमा ठोक्किंदा गजुरी गाविस वडा नम्बर ८ छेपाङका ४० बर्षिय रामकाजी थापा क्षेत्री भएको प्रहरीले जनाएको छ । थापा पृथ्वीराजमार्गको गल्छिवाट वस चढेको २ मिनेट नपुग्दै दुर्घटनामा परेको बसका अन्य यात्रुहरुले वताए । गल्छिवाट सुत्केरी ढुङ्गाको दुरी ३ किलोमिटर रहेको छ । दुर्घटनास्थल मोडमा रहेको र दुवै तर्फवाट आएको सवारी साधनको गति अत्याधिक भएका कारण उक्त दुर्घटना भएको दुर्घटनाका प्रत्यक्षदर्शी स्थानीयवासी मिथुन काराखेतीले वताए । दुर्घटनामा परि घाईते भएका ट्रिफर चालक बैरेनी गाविस ७ दुम्सिकोटका नविन मगरको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि काठमाण्डौ पठाईएको छ ।