उमावि स्तरीय हाजिर जबाफ प्रतियोगिता

1202 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷स्नातकोत्तर तह देस्रो बर्षमा अध्ययनरत अभ्यास शिक्षणमा सहभागि शिक्षकहरुद्धारा सञ्चालन गरेको उमावि स्तरीय हाजिर जबाफ प्रतियोगिता बिहीवार नीलकण्ठ उमावि धादिङबेसीमा सम्पन्न भएको छ ।
हाजिर जवाफ प्रतियोगिता कार्यक्रममा अभ्यास शिक्षणमा सहभागि शिक्षक विष्णुहरी भट्टको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ उमावि धादिङका प्रधानाध्यापक बाबुराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । हाजिर जवाफ प्रतियोगितामा सुसिला तिवारी, उमेश श्रेष्ठ, बन्दना अधिकारीको समुह प्रथम, प्रतिमा ढुङगना, लक्ष्मी परियार, सरोज गुरुङको समुह द्धितिय र ज्ञानी माया तामाङ, कविता अर्याल र भक्त कुमारी श्रेष्ठको समुह तृतिय भएका छन् । विजयी विद्यार्थीहरुलाई कार्यक्रममका प्रमुख अतिथि बाबुराम अधिकारी र उप–प्राध्यापक ईश्वरी प्रसाद पाण्डेले प्रमाण पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु र शिक्षकहरुको सहभागिता रहेको हिरा तामाङले जानकारी दिनु भयो ।