किराञ्चोक खुला दिशा मुक्त गाविस

490 पटक पढिएको

सम्पादक: Dhadingnews.com

किराञ्चोक, – महाभारत लेक आसपासका वस्तीमा पुखौदेखि गर्दै आएको गाँजा खेति विस्थापन गर्न विशेष कार्यक्रम ल्याउन तयारी भईरहेको संविधान सभा सदस्य एवं पूर्व स्थानीय विकास मन्त्रि राजेन्द्र प्रसाद पाण्डेले बताए । धादिङ जिल्लाको क्षेत्र नं. ३ र मकवानपुर क्षेत्र नं. ४ को माथिल्लो भेगमा नौ महिनामा मकै पाक्ने र खाद्यान्न अभाव हुने भएकाले पुस्तौदेखि नगदेवालीका रुपमा गाँजा खेति गर्दै आएकाछन् । त्यस भेगका समुदायको खाद्य सुरक्षा गर्न तरकारी तथा अन्य नगदेवाली विषेश कार्यक्रम सञ्चालन गर्न मकवानपुर क्षेत्र नं. ४ का सभाषद राजाराम स्याङतानसंग छलफल भईरहेको र छिट्टै सम्वध निकायहरुसंग छलफल गरी नयां आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै छैटौ गाविसका रुपमा किराञ्चोक गाविसलाई खुला दिशा मुक्त गाविस घोषण गर्दै गाँजा विस्थापन गर्ने बताए ।
आफु ३० वर्ष अघिदेखि जनताको घरदैलोमा पुगेको र जनताको समस्याका वारेमा साक्षात्कार भएकाले चुनावी कार्यक्रममा गरेका प्रतिवद्धतालाई आवश्यकताको प्राथमिकिकरण कार्यन्वयन गर्न लागि पर्ने बताउदै पृथ्वी राजमार्गको आदमघाट र त्रिभुवन राजपथको पालुङ जोड्ने सडक प्राथमिकतामा परेको बताए । सडक जोडिएपछि महाभारत लेकमा पलेका आलु, स्कुस, वांस निगालो तथा अम्रिसोका सामाग्री र खसीबोका विक्री गर्न सहज रुपमा बजार पाई खाद्य सुरक्षामा पहुंच पुग्ने सभाषद पाण्डेले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख शिवेन्द्र झाले सवै घरमा शौचालय र स्वच्छ पिउनेपानी पु¥याउने कार्यक्रम अनुसार शौचालय निमार्ण भईसकेको र पिउने पानीको काम पनि भईरहेकोले प्रत्येक घरलाई स्वच्छ पिउने पानी पु¥याउने प्रतिवद्धता जनाए । साझेदार संस्थाका कार्यकारी निर्देशक कृष्णमान शाक्यले गाविस खुला दिशामुक्त भएसंग समुदायमा आएको सकारात्मक सोचलाई अझ सशक्त बनाउन सामुदाय परिचालन मार्फत सनामुदायिक विकास गर्न नयाँ कार्यक्रम समुदायसंगै बसेर योजना तर्जुमा गर्ने बताए ।
खानेपनी तथा सरसफाई स्वच्छता समन्वय समिति संयोजक गाविस सचिव तिर्थ दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ति नेपालले ३२ लाख १७ हजार ५ सय ३० रुपयां, समुदायको योग्दान १ करोड ६ लाख ७८ हजार रुपयां, गाविसको ९ लाख १७ हजार २ सय ३५ रुपयां र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ६ लाख ३१ हजार रुपयां खर्चमा १ हजार १ सय २४ घरपरिवारले र ९४ घरपरिवारले आफ्नै खर्चमा शौचालय निमार्ण गरिएको जानकारी दिए ।