रेडक्रस बैरेनी उपशाखामा साम्मराज

640 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,३० चैत ः नेपाल रेडक्रस सोसाईटी धादिङ शाखा अन्र्तगत रहेको बैरेनी उपशाखाको सभापतीमा साम्मराज खतिवडा निर्वाचत भएका छन ।
SAM_1316वागेश्वरी उच्च मावि बैरेनीमा आईतबार सम्पन्न भएको उपशाखाको पन्ध्रौं साधारण सभा तथा पांचौ अधिबेशनले खतिवडाको सभापतित्वमा एघार सदस्यिय कार्य समितिको चयन गरेको छ । एघार सदस्यिय कार्य समितिको अन्य सदस्यहरुमा भजुराम केसी,जयराम खतिवडा,देवीवहादुर मल्ल,सीताराम अधिकारी,केशव अधिकारी,पार्वती पन्त,कृष्णप्रसाद अधिकारी,रामकुमार थापा र निवर्तमान सभापती राजनप्रसाद अधिकारी रहेका छन ।
यसैगरी अधिबेशनले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आगामी साधारण सभाका लागि साम्मराज खतिवडा, राजनप्रसाद अधिकारी,केशव रिमाल,देवीवहादुर मल्ल र केशव अधिकारीलाई प्रतिनिधिमा चयन गरेको छ ।
अधिबेशनको रेडक्रस जिल्ला शाखा धादिङका सभापती इश्वरीप्रसाद अधिकारीले यदघाटन गरेका थिए ।