पत्रकारलाई क्षमता विकास तालिम शुरु

525 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-जिल्लामा कार्यरत पत्रकारहरुका लागि क्षमता विकास गर्ने उद्देश्यले आज देखि सदरमुकाममा तीन दिने पत्रकारिता तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा तालिम सुरु भएको हो । तालिममा जिल्लामा स्थानिय तथा राष्टिय संचार गृहका ३० भन्दा बढी पत्रकारहरु सहभागी छन् । एक कार्यक्रममा बिच तालिमको उद्घाटन गरिएको थियो । पहिलो दिन महासंघका पूर्व महासचिव डा. महेन्द्र विष्ट र हिमाल खबर पत्रिकाका सरोज दाहालले तालिम दिनु भएको छ । तालिम उदघाटन कार्यक्रममा महासंघका निवर्तमान जिल्ला अध्यक्ष सिताराम वर्मा,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी,जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्मा,सामाजिक विकास अधिकृत विनोद अर्याल,प्रेस युनियनका उपाध्यक्ष कृष्ण ढकाल,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शुदर्शन खतिवडा लगायतको आतिथ्य रहेको थियो ।