काम ढिलो गर्ने ठेकेदारलाई मन्त्रीको चेतावनी

446 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 नौविसे-नागढुङ्गा सडकखण्डको काम एक महिनाभित्र सक्न निर्देशन

धादिङ, वैशाख २ – भौतिक योजना तथा निर्माणमन्त्री बिमलेन्द्र निधिले मर्मत जारी रहेको नौविसे-नागढुङ्गा सडकखण्डको काम एक महिनाभित्र सक्न निर्देशन दिएका छन् । सडक अनुगमनका लागि पुगेका मन्त्री निधिले सडक विभाग र ठेकेदारलाई निर्देशन दिएका हुन् ।

विभागका प्रतिनिधिहरुसहित आएका उनले काममा ढिलाई गरेको  ठेकेदारलाई भेटेर महिना दिनमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

जबाफमा ठेकेदार सुरेश साहले तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । समयमा नै काम नसकेर लापरवाही गरे कारवाही गरिने समय मन्त्रीले चेतावनी दिएका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरले ०७१ जेठ १३ सम्म काम सक्न ठेकेदारसँग यसअघि सम्झौता गरेको ई कान्तिपुर डट कमले खबर लेखेको छ ।