फलामे अनुशासन भित्रका सांगठानिक संरचना
627 पटक पढिएको
टंकलाल श्रेष्ठ
यतिवेला हामी बिक्रम सम्वत २०७१ को प्रारम्भमा छौं । हिजो अस्ति जस्तो लाग्ने दिनहरु वित्दै महिना,बर्ष हुंदै यतिवेला २८ बर्ष पुरा भईसकेको भएपनि ति दिनहरु अझै पनि मेरो मानसपटलमा घुमिरहेका छन । २०४३ सालमा अहिलेको वागेश्वरी उच्च माध्यमिक विद्यालयमा त्यतबेला म तत्कालीन ने.क.पा. मालेका भातृ संगठन अनेरास्ववियू (पाचौँ) वागेश्वरी माध्यमिक विद्यालय अन्तर्गत प्रारम्भिक कमिटीको अध्यक्ष थिएँ । त्यसवखत त्यस विद्यालयमा ४ वटा कमिटीहरु थिए । पुरुष तर्फबाट प्रारम्भिक कमिटी र सह–प्रारम्भिक कमिटी थियो भने महिला तर्फ पनि महिला प्रारम्भिक कमिटी र सह–प्रारम्भिक कमिटीगरी ४वटा कमिटी थियो । जति कमिटीमा आवद्ध साथीहरु थिए । तिनीहरुको अनुशासन पनि त्यतिकै कडा थियो थियो । संगठनमा आवद्ध भएका साथीहरुले एक आपसमा तिमी भन्ने शब्द मात्र प्रयोग भएको सुनियो भने अर्को मिटीङमा आलोचना र आत्म आलोचना गरेर माफि माग्नुपथ्र्यो । मलाई सम्झना आउँछ । पिडा माइती भएककी रमा रुपाखेती हाल नलाङको एक विद्यालयमा शिक्षिका पेसामा संलग्न हुनुहुन्छ । उहाँ मेरो साथी हुनुहुन्थ्यो । उहाँलाई एकदिन मैले सिस्टर भनेको निहुँमा त्यसपछि आउने बैठकमा मैले उहाँसँग माफि माग्नु परेको थियो ।
हामीले संगठन भित्रका कुनै पनि साना वा ठुला जुन सुकै साथीहरुलाई पनि तपाइ भनेर सम्वोधन गर्नुपथ्र्यो । मासिक ले.वी. खाजा खाने खर्च कटाएर रु १÷– बुझाउनु पथ्र्यो । अगाडी महिनाको लेवी बुझाउन बाँकी भएमा आलोचना र आत्म आलोचना प्रत्येक बैठकमा माइन्युट किताबमा निर्णय नै गरिन्थ्यो । त्यो डरले खाना पनि नखाएर लेवि चाहिं बुझाउने काम महिनाको पहिलो हप्ता नै गरिन्थ्यो । प्रत्येक महिना बैठक कहिले बस्ने भन्ने बारेमा अघिल्लो बैठकमा नै निर्णय पुस्तिकामा निर्णय गरिन्थ्यो । कुनै पनि कुराको बारेमा बहुमतले निर्णय गरेपछि कसैको चिक्त नबुझेको भएता पनि मान्नका लागि करै लाग्थ्यो । राजनैतिक क्षेत्रमा नयाँ संगठित भएका मित्रहरुलाई ति दिनको याद गराउंदा अनौठो लाग्न पनि सक्छ । केही हप्ता देखि मैले विगतका यादहरुलाई नेत्रावती साप्ताहिक र धादिङ न्युुज डट कम मार्फत सार्वजनिक गर्दै आईरहेको छु । तत्कालिन अवस्थामा सहकार्य गरेका मित्रहरुले ति पलहरुको सम्झनालाई स्वागत योग्य मानेका छन । हिजोको दिनमा संगठनका लागि गरेको मेहनत सम्पती जस्तो लाग्छ मलाई । त्यतिवेला कुनै पनि कार्यक्रममा जानु पर्दा को जाने भनेर संगठनको निर्णय अनुसार मात्र जाने गरिन्थ्यो । फर्केर आएपछि सबै कुराको रिर्पाेटिङ गरिन्थ्यो । त्यतिखेरको जस्तो अनुुशासन अहिले राजनैतिक दल र नितका भात्तृसंगठन भित्र पाउन सकिंदैन ।कतै जानुपर्दा हामी मोटरचढेपछि सबैभन्दा पहिले सह चालकसँग सम्वन्ध कायम गर्दै उनलाई एक मजदुर,गरिबको कारण पढ्न पाउनुभएन कति धेरै मिहिनेत गर्नुहुन्छ । पढ्न पाउनु भएको भए ठूलो ठाउँमा जानुहुन्थ्यो । हामी त विद्यार्थी संगठन निर्माणको लागि हिडेको तपाईहरु जस्ता मजदुरको पनि संगठन हुनुपर्छ । तपाईहरुको पनि आफ्नो पिर मर्का पोख्ने छुट्टै संगठन हुन्छ भनेर सम्झाउँथ्यौँ । हाम्रा त्यति कुरा सुनिसकेपछि धेरै जसो सह चालकले हामीलाई भाडा समेत लिदैनथे । आज त्यस्तो सुमधर सम्वन्ध राख्नेहरु कमै मात्र भेटिन्छन । सानो तिनो बिषयमा झगडा गर्ने हातपात गर्ने सम्मका कार्यहरु गर्दछन । बिद्यार्थी सहुलियतका नाममा प्रत्येक मोटरमा यात्रु र यातायात मजदुरका बिच भनाभन पर्नु हिजोआज सामान्य हो । उमेर ढल्किसकेकाहरु पनि बिद्यार्थी परिचय पत्र वोकेर सहुलियत माग्ने एकातिर छन भने अर्को तिर वास्तविक बिद्यार्थीलाई समेत अनेक वहानामा सहुलियत नदिएर दुईपक्षका बिच झगडा गराउने काम हुने गरेको पाईन्छ ।
हिजोका दिनमा बाबा आमाले उब्जाएको अन्नपात बेचेर खाजा खाने पैसा बचाएर निर्माण गरेको संगठनमा काम गर्ने साथीहरु त्यो संगठनले बलियो बनाएको पार्टीको नेताहरु आज आगामी निर्वाचनमा कसले बढी पैसा चन्दा दिन्छ । नेतालाई भेट्न कसले र को चाँडो निवासमा पुग्छ । बढी मालामालको मन्त्रालय आफ्नो पार्टीलाई भागमा पर्छ कि पर्दैन ? त्यसमा पनि आफ्नो पार्टीको अग्रीम लिस्टमा परिन्छ कि परिदैन भन्ने तर्फ नेताको दौडधुप हुने गर्दछ भने संगठित कार्यकर्ताको पीर अर्कै छ । हिजो तिमी भन्दा समेत कारवाहीमा पर्ने संगठनका कार्यकर्ता आज त्यही संगठनका जुझारु कार्यकर्ता मात्रै होइन नेता समेत भएका छन । अहिले मिटिङको साथमा डेटिङ समेत हुने गरेको पाईन्छ । संगठन लगायत त्यससँग सम्बन्धित पार्टीले यसलाई झन मलजल थपि रहेको हुन्छ । किनकी आज देश जनता भनेर मरिहत्ते गरेर खट्ने कार्यकर्ता पाउनु मुस्किल छ । यसरी बल्ल बल्ल बनेका कार्यकर्ताहरुलाई ठेक्कापट्टा र विदेश पठाउला भन्ने जस्ता आशा देखाउने झुटा आशा वोक्नेहरु पनि निकैनै छन ।
कार्यकर्ताले कुनै पनि नराम्रो काम गरेर प्रहरीमा पुगे भने उसमाथि लागेको आरोपको छानविन नहुंदै कुनै नेताको फोनको भरमा छुटाउने गरिन्छ । २०४५ सालको कुरा हो संविधान सभा सदस्य एवम भु.पु. शिक्षा मन्त्री गंगालाल तुलाधर प्रधानाध्यापक भएको एक विद्यालयमा एक युवकले अर्की युवतीलाई प्रेम पत्र लेखेको निहुंमा ७ दिन बिद्यालयले निष्काशन गरेको थियो । त्यो फलामे अनुशासन अहिले देखिंदैन कतिपय बिद्यालयमा शिक्षकवाट बिद्यार्थी माथि दुव्र्यवहार भएको,वलत्कारको प्रयास भएको जस्ता घटना हामीले सुनेका छौं, देखेका छौं । तत्कालिन फलामे अनुशासन र सांगठानिक ढाँचाको बारेमा मैले यस अघिका अंकमा पनि जानकारी गराईसकेकाले ति बिषयमा पुन जान चाहन्न । संगठनमा काम गर्ने दौरानमा पंचायतको वरवरता र दमनकालको समयमा समेत निकै जिम्मेवारीहरु आउँथ्यो । धैर्यताको साथ पुरा गरिन्थ्यो । व्यक्तिगत स्वार्थको कुरै थिएन । स्वार्थको सम्झना समेत आउँदैनथ्यो । आएको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने चिन्ता मात्र लाग्थ्यो । आज आएर त्यहो फलामे अनुशासन र जिम्मेवारी परालको त्यान्द्रो जस्तो भएको छ ।
समयको परिवर्तन संगै राजनैतिक संगठन र तिनका भात्तृ संगठनका कार्यकर्ताहरुमा पनि धेरै परिवर्तन देखिन थालेका छन । अहिले राजनैतिक दल भित्र जति लोकतन्त्र आएको छ । अन्यत्र कमै मात्र लोकतन्त्र आएको महसुुस गर्न सकिन्छ । आफ्नो माथिल्लो कमिटीको निर्देशन पालना गर्नुभन्दा पहिले आलोचना र विरोध जनाउने प्रबृत्तिको विकास हुंदै र्गएको छ । पार्टी र तिनका संगठन भित्र फलामे अनुशासनको अन्त्य भईसकेको छ ।