गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा दामोदर अर्याल पुनः निर्वाचित

679 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ बैशाख ः गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङको अध्यक्षमा दामोदर अर्याल पुनः निर्वाचित भएका छन ।
20140419_022144शुक्रवार राती अवेर सम्पन्न भएको महासंघको पांचौ अधिबेशनले आगामी तीन बर्षका लागि अर्यालको अध्यक्षतामा एघार सदस्यिय कार्य समितिको चयन गरेको हो । अधिबेशनवाट निर्वाचित कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष–भुमिरमण नेपाल,सचिव– एकराज छत्कुली,सह सचिव– उषा विक र कोषाध्यक्ष–सिलास तामाङ रहेका छन । एघार सदस्यिय कार्य समितिको सदस्यहरुमा तोलाकुमारी पाठक,खिलकुमारी तिवारी, सुशिला भण्डारी,शालिकराम दुवाडी,गोकर्ण रुपाखेती र चेतनाथ इटनी रहेका छन ।
शुक्रवार दिउंसो गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष शर्मिला कार्कीको प्रमुख आतिथ्यमा अधिबेशनको उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । सर्वसम्मतवाट कार्य समिति चयनका लागि गरिएको प्रयास सफल हुन नसकेपछि राती अवेर निर्वाचन प्रक्रियावाट कार्य समितिका लागि सदस्यहरुको छनौट गरिएको थियो । अध्यक्ष पदका प्रत्यासी राधिका सापकोटा कार्य समितिको पूर्ण सदस्यमा पराजित भएपछि अर्याललाई पुनः अध्यक्ष वन्न सफल भएका हुन । महासंघको विधान अनुसार कार्य समितिमा छनौट भएका सदस्यहरुमध्येवाट पदाधिकारीको चयन गर्ने गरिन्छ ।