कुटपिट पछि भिरवाट लडाएर हत्या

616 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ बैशाख ः धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ लवाङका ५० बर्षिय कृष्णवहादुर तामाङको हत्या भएको छ । दिदिको अन्त्येठि कर्म ( घेवा) का लागि दिदिको घरमा जांदै गर्दा तामाङलाई शुक्रवार राती महादेवस्थान गाविसको वडा नम्बर ७ लवाङ नजिकै कुटपिट गरि भिरवाट लडाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कृष्णवहादुरको हत्यामा हस्तवहादुर तामाङ र उनका तीनभाई छोराको संलग्नता रहेको आशंका गरिएको प्रहरीले  छ ।हत्यामा संलग्न रहेको आशंकामा हस्तवहादुर तामाङ सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।