कुटपिट पछि भीरवाट खसालेर हत्या

526 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, वैशाख ६ – धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ लवाङका ५० वर्षका कृष्णवहादुर तामाङको हत्या भएको छ ।

दिदीको अत्येष्टि कर्म (घेवा) का लागि दिदीको घरमा जाँदै गर्दा तामाङलाई शुक्रवार राती महादेवस्थान गाविसको वडा नम्बर ७ लवाङ नजिकै कुटपिट गरि भीरवाट खसालेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कृष्णवहादुरको हत्यामा हस्तवहादुर तामाङ र उनका तीनभाई छोराको संलग्नता रहेको आशंका गरिएको प्रहरीले जनाएको छ । हस्तवहादुर र मृतक कृष्णवहादुरका बिच पहिलेदेखि घरायसी झैझगडा हुंदै आएको थियो । त्यही रिसमा हस्तवहादुर र उनका तीनभाई छोराले मिलेर कृष्णवहादुरलाई कुटपिट गरि भीरवाट लडाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आशंकामा हस्तवहादुर तामाङ सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटनास्थल दक्षिणी धादिङको विकटमा रहेकाले घटनाको जानकारी पाउनासाथ महादेवस्थान प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङवाट प्रहरी टोली घटनास्थल पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।