दुर्घटनामा दुई जना गम्भिर घाईते

498 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,७ बैशाख ः पृथ्वीलोकमार्गमा पर्ने धादिङ जिल्लाको पिडा गाविस वडा नम्बर २ पोखरेखाला नजिकै आज विहान ( आईतवार विहान) भएको सवारी दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन ।
भैरहवावाट सामान लिएर वनेपाका लागि छुटेको लु १क ९७७ नम्बरको मालवाहक ट्रकले विपरित दिशावाट आउंदै गरेको बा ४६ प २०३९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुवै जना घाईते भएका हुन । घाईते दुवैजनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि काठमाण्डौ पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएकोछ । घाईतेहुनेहरुमा गोरखा स्यादलुङ  घर भएका मोटरसाईकल चालक रामहरी भट्ट र अनुप पाण्डे भएको प्र्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नारायण चिमौरियाले जानकारी दिनुभयो ।
मोटरसाईकललाई ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।