धादिङ न्युज डट कमका स्तम्भकार बुढाथोकीलाई मात्तृशोक

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – धादिङ न्युज डट कम एवम नेत्रावती साप्ताहिक का स्तम्भकार नेपाल पत्रकार महासंघ धादिङ शाखाका सदस्य एवम तालिम तथा प्रशिक्षण विभागका सचिव गोविन्द बुढाथोकीलाई मात्तृशोक परेको छ । CONTENTपत्रकार बुढाथोकीकी मातालाई केही समय अघि मात्रै क्यान्सर देखापरेपछि उपचार गराईरहनुभएको थियो । उपचारपछि घरमै आराम गरिरहनुभएकी तुलकुमारीको ६१ बर्षको उमेर आईतवार राती धादिङ जिल्लाको सुनौलावजार गाविस वडा नम्बर ७ स्थित आफ्नै घरमा निधन भएको हो ।
बुढाथोकीको निधन प्रति नेत्रावती मिडिया प्रा.लि. धादिङ,नेत्रावती साप्ताहिक,धादिङ न्युज डट कम र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शोक वक्तव्य जारी जारी गर्दै मृतआत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ । स्वर्गिय बुढाथोकीका श्रीमान,दुई छोरा र एक छोरी हुनुहुन्छ । गोविन्दले नेत्रावती साप्ताहिक र धादिङ न्युज डट कममा समसामयिक बिषयमा कलम चलाउंदै आईरहनु भएको छ ।