धादिङबेसीलाई फोहोर मुक्त वनाउन चुनौति

465 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङबेसी- जे जति प्रयास गरिएपनि अन्तत धादिङबेसीको फोहोर मैला पुन व्यवस्थापन चुनौति वन्दै जान थालेको छ । सदरमुकामवाट निस्किएको फोहोर वजारमा कमै मात्र देखिएपनि वजार आसपासको खोला र कुनाकाप्चामा भने बढ्दै गएको पाईन्छ । फोहोर व्यवस्थापनका लागि समुदायस्तरमा केही प्रयासहरु गरिएपनि ति सबै असफल हुंदै गएका छन । यहि क्रम चल्ने हो भने अवको केही बर्षमै सदरमुकाम धादिङबेसी फोहोरको डंगुरले भरिएको वजारका रुपमा चिनिेने छ । बढदो अव्यवस्थित शहरीकरण र जनसंख्याको चाप संगै वजार क्षेत्रमा फोहोर बढ्नु स्वभाविकनै हो ।फोहोर लाई व्यस्थापन गर्न जानेमा मोहोरको आम्दानी गर्न पनि सकिन्छ तर त्यहि फाहोरलाई जथाभावी फ्यांकीदिंदा समाजमा मात्रै हैन घर घरमा विभिन्न किसिमका रोग व्याधिहरु पस्ने गर्दछन । सदरमुकामको फोहोर व्यवस्थापन गर्नेकाम भईरहेको जस्तो देखिएपनि वजारका वासिन्दा जो सिधै घर अगाडीको ढलमा फोहोर फ्यांकेर आंफु सफा भएको ठानिरहेका छन तिनिहरुका कारण अरुले पनि समस्या भोग्नु परेको छ । धादिङबेसकिो फोहोर व्यवस्थापनमा स्थानीयनै चुनौतिको रुपमा देखापरेका छन जस्का कारण अन्य वजारवासीलाईनै समस्या परिरहेको छ ।
जिल्लाको सदरमुकाम धादिङबेसीको स्वरुपमा परिवर्तन ल्याउने गरि बढिरहेको फोहोरलाई व्यवस्थापन गर्न अव कुनैपनि बहानामा ढिलाई गर्नु हुंदैन । थोपलखोलाला लामो समयदेखि बैकल्पिक डम्पिङ साइटको रुपमा प्रयोग हुंदै आर्ईरहेको छ । खोलामा मिसाईएको घातक बिषादी र अन्य हानिकारक फोहोरहरुका कारण थोलखोलाको पानीवाट सिंचाई गरेर खेती गर्ने किसानहरुmलाई समस्या पर्दै गईरहेको छ ।वजारको फोहोर जताततै विसर्जन गरिदिंदा थोपलखोलालाई दुर्गन्धित मात्रै बनाएको छैन । खेती गरेर जिनव निर्वाह गर्नुपर्ने किसानहरुलार्ई खेतमा गएर काम गर्नै नसक्ने स्थिती बन्न पुगेको छ । खोलामा फालिएका सिसाका टुक्रा,सिरिञ्ज लगायतका घातक फोहोरहरको कारण किसानलाई परिरहेको समस्या पनि अवको फोहोर व्यवस्थापनको मुद्धा बन्नुपर्दछ ।
दुर्गन्धित सदरमुकाम होइन सफा सदरमुकाम हामीलाई चाहिन्छ भने फाहोर व्यवस्थापनका लागि हामीले पनि केहि गरेर देखाउनु पर्दछ । आंफैले घर अगाडीको सबै फोहोरनालीमा मिसाएर वजार फोहोर भयो भन्नेहरुवाट नै समाधानको उपाय खोजिनुपर्दछ । समस्या समाधानमा अडचन निकालेर होइन दिर्घकालिन योजनाहरु बनाएर फोहोर व्यस्थापन गर्न सकिएको खण्डमा धादिङबेसीलाई सांच्चिकै नमुना र सफा बनाउन सकिन्छ ।फोहोरको उचित व्यवस्थापनका सवाललाई राजनैतिक स्वार्थको मुद्धा होइन राजनैतिक सहमतीको मुद्धा बनाउन जरुरी छ । धादिङबेसीलाई फोहोर मुक्त वनाउन पहल गरौं ।