आबुई कति लामो टुप्पि ?

1049 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

ब्रुसबाङ,१० बैशाख ः उमेर ८१ बर्ष,पेशा चेपाङ जातीको पुरोहित,हरेक काममा झांक्री लगाएर कर्म गर्नुपर्ने भएकाले चेपाङ जातीमा मुल पुरोहितलाई पान्दे पनि भनिन्छ । उनै पान्दे अर्थात झांक्री बा । वोलाउने नाम बिक्रम भएपनि धेरैले आंफुलाई टुप्पि झांक्री भन्ने गरेको बिक्रमको भनाई छ । बिक्रम अर्थात टुप्पि झांक्रीले जन्मिएदेखि अहिले सम्म टुपी काटेका छैनन । जस्को टुप्पीको लम्वाई करिव आठ फिट छ । त्यति लामो टुप्पि भएर पनि बिक्रमले त्यस्को व्यवस्थापन सजिलैसंग गर्ने गरेका छन । टाउकोमा फेटा गुथे जसरी वेरेर सामान्य टोपी भित्र अड्छ उनको त्यो लामो टुप्पि ।
DSC04301 DSC04291धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने महादेवस्थान गाविसको वडा नम्बर ३ ब्रुसबाङका अभिभावक पनि हुन । बिक्रम केहि बर्ष देखि निकै थलिएका छन । दमको विरामी भएर पनि उपचारका लागि घर छाडेर हिंड्न नसक्दा ओछ्याननै वेथा सहेर बस्दै आएका छन । घरमा संधै खानेकुराको अनिकाल हुनेभएकाले छोराहरु अर्काको ज्याला मजदुरीमा निस्कने गर्दछन । बाबुको उपचारका लागि चाहिने रकम जुटाउन उनिहरुलाई निकै मुस्किल छ ।
तस्बिरहरु ः केशव अधिकारी