धादिङमा ठूलो परिमाणमा रक्तचन्दन बरामद

515 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुंगा सडकको झाप्रेखोलाबाट प्रहरीले ठूलो परिमाणमा रक्तचन्दन सहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो एक बजेतिर काठमाडौं भित्रिदै गरेको बा३च ६८१० नम्बरको भ्यानमा लुकाईछिपाई ल्याउँदै गरेको चन्दन सहितको गाडी सुराकीको आधारमा महानगरिय प्रहरी प्रभाग थानकोटले नियन्त्रणमा लिएको हो।
गाडीमा साढे दुई फिटका ६९ वटा रक्तचन्दनको टुक्रा फेला परेको महानगरिय प्रहरी प्रभाग थानकोटले जनाएको छ। मुढाको तौलने काम हुँदै गरेकोले परिमाण बाहिर ल्याइसकिएको छैन। गाडीमा पसलको लागि सामान ल्याएको भन्दै भुजिया लगायत पसलको सामानले छोपिएको अवस्थामा फेला परेको बताइएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।