महादेवबेसीवाट पव्लिक संचार मासिकको शुरुवात

430 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,११ बैशाख ः धादिङको महादेवबेसीवाट पव्लिक संचार मासिक पत्रिकाको प्रकाशन आरम्भ गरिएको छ ।
SAM_1477नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले पत्रिकाको बिहीवार पत्रिकाको विमोचन गर्नुभएको थियो । सदरमुकाम भन्दा वाहिर रहेर विकास ,सामाजिक परिवर्तन र समसामयिक बिषयका बिषयवस्तु समेटेर मासिक पत्रिका प्रकाशन गर्न लागिएको पत्रिकाका सम्पादक तथा प्रकाशक कुमार विश्वकर्माले पत्रिका विमोचन कार्यक्रममा वताउनुभयो ।
महादेववेसीमा विहीवार आयोजित पत्रिका विमोचन कार्यक्रममा कायृक्रमका प्रमुख अतिथी छत्कुलीका साथै नेत्रावती मिडियाका प्रवन्ध निर्देशक एवम प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी,जिल्ला अध्यक्ष रामेश्वर कार्की, प्रेस युनियका अध्यक्ष पोषनाथ अधिकारी र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शुदर्शन खतिवडाले पत्रिकाको निरन्तरताका निम्ति शुभकामनाका व्यवसायिक र निष्पक्ष पत्रकारिताका लागि अंगाल्नुपर्ने सावधानीका बिषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंगलप्रभात किरण साप्ताहिकका सम्पादक  मुरारी अधिकारीले पत्रिकाको समिक्षा गर्नुभएको थियो । पव्लिक संचार मासिक समेत गरी धादिङवाट प्रकाशित हुने पत्रिकाको संख्या अव आठ पुगेको छ । जिल्लामा २३ वटा पत्रिका दर्ता भएपनि अहिले जिल्लावाट १ दैनिक र ६ साप्ताहिक नियमित रुपमा प्रकाशित हुंदै आईरहेको छ भने पांच वटा रेडियो र एक टेलिभिजन संचालन भईरहेको छ ।