धादिङमा मानवअधिकार वर्ष पुस्तकको पूर्व समिक्षा

641 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ –अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानवअधिकार वर्ष पुस्तकको त्रैमासिक समिक्षा कार्यक्रम धादिङबेसीमा ०७१ बैशाख ११ गते सम्पन्न भयो ।

_MG_2351धादिङ जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु लाई प्रस्तुत गर्दै इन्सेक प्रतिनिधिले यो अवधीमा भएका २० ओटा घटनामा अधिकांश घटना महिलाअधिकार उल्लंघनसंग सम्बन्धीत रहेको थियो ।
महिलामाथी हुने हिंसा, बलात्कार, घर निकाला, घरेलु हिंसा लगायतका महिला अधिकारसंग उल्ल.घनका घटनाहरु तीन महिनाको अवधीमा भएको सहभागिहरुलाई जानकारी दिइएको थियो ।

बलात्कार सम्बन्धी मुद्धा फिर्ता नदिलएकै कारण विद्यालयबाट महिला कर्मचारीलाई निस्काशन गरिएको, महिलाहरुलाई सहयोग गरेकै कारण प्रहरीकार्यालय भित्रै महिलाअधिकारकर्मीहरुलाई प्रहरी अधिकृतले धम्की दिइ दुरव्यवहार गरेको घटना समेत उल्लेख छ ।
यस अवधीमा एमाओवादी पार्टी कार्यालयमा आगजनी भएको र एक जना एाओवादी कार्यकताृको हत्या भएको घटना पनि उल्लेख गरिएको छ ।

समिक्षा कार्यक्रममा महिला विकास कार्यलयका निर्मला केसी, महिलामानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य राधिका सापकोटा, जिल्ला अध्यक्ष अम्बिका रुपाखेती, मानवअधिकार एलाएन्सका राजाराम शर्मा, लगायतकाको आतिथ्य रहेको थियो ।

-सिताराम अधिकारीवाट