मापदण्ड विपरितका क्रसर आन्दोलनमा उत्रने

488 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१२ बैशाख – मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग हटाउने सरकारी निर्णय कार्यान्वयनको मिति नजिकिंदै जांदा धादिङका क्रसर व्यवसायीहरुले भने आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।
SAM_1496सरकारले असार मसान्तदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका देशैभरीका क्रसर उद्योग हटाउने निर्णय गरेको छ । २०७० असार २७ को मन्त्रिपरिषदको निर्णयले राजमार्गदेखि पाँच सय मिटर, खोला किनारबाट पाँच सय मिटर, विद्युत्त हाइटेन्सनबाट एक सय मिटर र शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, वन, निकुञ्ज क्षेत्र घनाबस्तीबाट दुई किलोमिटर टाढा मात्र उद्योग रहनसक्ने मापदण्ड तयार गरेको थियो । सरकारले तोकेको मापदण्ड पूरा गर्न दिएको एक वर्षको समय सकिनै लाग्दा क्रसर व्यवसायीहरु भने सरकारी निर्णय कार्यान्वयनको साटो आन्दोलनमा जान संगठित हुन थालेका छन । शुक्रवार धादिङ क्रसर उद्योग संघका अध्यक्ष पुरुषोत्तम रेग्मीको नेतृत्वमा गएको व्यवसायीहरुको प्रतिनिधिमण्डलले धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाउंदै सरकारी निर्णयका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नाममा तयार पारिएको ज्ञापन पत्र धादिङका क्रसर व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई निर्देशन दिएका छन ।