अपाङगता भएकाहरुलाइ सहायक सामाग्री वितरण

520 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 

धादिङ,१५ बैशाख  धादिङको गजुरीमा शनिबार अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग सामाग्री प्रदान गरिएको छ ।

अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग पु¥याउने उद्देश्यले अपाङ्ग कल्याण संघ गजुरी को आयोजना तथा जिल्ला विकास समिती धादिङ र राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज अनामनगर काठमाडौको आर्थिक सहयोगमा सहायक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तहरुलाई व्हिलचियर, वैशाखी, लठ्ठी र सेतो छडी वितरण गरिएको छ । अपाङ्ग कल्याण संघ गजुरीका अध्यक्ष गुणराज खतिवडाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धादिङका विभिन्न गाविस बाट उपस्थित भएका अपाङग व्यक्तीहरुलाई १६ थान व्हिलचियर, १६ थान बैसाखी, ५ थान सेतो छडी र ४ थान लठ्ठी वितरण गरिएको छ ।

जिविस धादिङको सहयोगमा सहायक सामाग्री वितरण गरिएपनि ंवितरण कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बाहेक गजुरी गाविस तथा जिल्ला विकास समितीको तर्फबाट कुनैपनी प्रतिनीधि कार्यक्रममा उपस्थित भएनन साझा सवाल डट कमले खबर लेखेको छ ।