भर्ना अभियान र खुल्ला दिशामुक्तका लागि दार्खाका सामुदायिक संस्थाले अभियान चलाउने

490 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दार्खा,१५ बैशाख ः दार्खा गाउं विकास समितिमा निरक्षरता उन्मुलनका लागि स्थानीय सामुदायिक संस्थाहरुले बिशेष अभियान संचालन गर्ने भएका छन ।
गरिवि निवारण कोषको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डस) धादिङद्धारा संचालित गरिवि निवारण कार्यक्रम अन्र्तगत दार्खा गाविसमा गठन भएका सामुदायिक संस्थाहरुको गाविस स्तरीय सञ्जालले गाविसमा निरक्षता उन्मुलनका लागि पहल गर्ने घोषणा गरेको हो । साथै सञ्जालले दार्खा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागि समुहका सदस्यहरुको घरवाट अनिवार्य शौचालय निर्माण अभियान शुरु गर्ने घोषणा समेत गरेको छ ।
गरिवि निवारण कार्यक्रममा आवद्ध भएका दार्खा गाविस भरिका सामुदायिक संस्थाको गाविस स्तरीय सञ्जालका अध्यक्ष भगवती थापा मगरले सोमवार दार्खा गाविस भवनमा आयोजित कार्यक्रममा निरक्षरता उन्मुलन तथा खुल्ला दिशामुक्त गाविस घोषणाका लागि सक्रियतापुर्वक अघि बढ्ने घोषणा गर्नुभएको हो । सञ्जालले ९ वटै वडामा बिद्यालय भर्नाका लागि वालवालिकाको अनिवार्य भर्ना गराउन पहल गर्ने वताईएको छ । त्यसैगरी संस्थाका सदस्यहरु मध्ये अति विपन्न सदस्यहरुलाई घुम्तीकोष मार्फत नाफा भएको रकमबाट पांच हजारका दरले चर्पी निर्माणका लागि संजालले सहयोग गर्ने अध्यक्ष थापा मगरले कार्यक्रममा घोषणा गर्नुभएको थियो ।
दार्खा गाविसमा २३ वटा सामुदायिक संस्था मार्फत गरिवि निवारण कार्यक्रम संचालन हुंदै आईरहेको छ । तालिममा २३ वटा संस्थाका ४८ जनाको सहभागिता रहेको थियो । तालिमकै अवसर पारेर आयआर्जन कार्यक्रमका लागि घुम्तीकोष अन्र्तगत सिर्डस धादिङका अध्यक्ष रेग्मीले बगैंचा सामुदायिक संस्थाका १२ जनालाई २ लाख ५४ हजार रुपैया हस्तान्तरण समेत गर्नुभएको सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले धादिङन्युलाई जानकारी भयो ।
सामुदायिक संस्थाको व्यवस्थापन तथा घुम्तीकोष र लेखा व्यवस्थापनका लागि आयोजना गरिएको तालिम समापनको अवसरमा अध्यक्ष थापाले उक्त घोषणा गर्नुभएको हो । दुई दिन सम्म दार्खा गाविसको कार्यालयमा संचालन गरिएको तालिममा सिर्डस धादिङका अध्यक्ष उर्मिला रेग्मी,कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक शान्ता पाण्डेले सहभागीहरुलाई सहजिकरण गर्नुभएको थियो ।