संचारकर्मीहरुका लागि जनसंख्या बिषयक अभिमुखिकरण

720 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१६ बैशाख ः संचारकर्मीहरुका लागि जनसंख्या बिषयक अभिमुखिकरण कार्यक्रम मंगलवार धादिङबेसीमा सम्पन्न भएको छ ।SAM_1578
जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा जिल्लामा कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा परिवार नियोजन सुपरभाईजर अधिकृत मच्छिन्द्रनाथ न्यौपाने,जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालले जिल्लाको जनसंख्याको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जनसंख्याको पछिल्लो अवस्था,जनसंख्याका आधारमा स्वास्थ्य सेवाको उपलव्धता लगायतका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा संचारकर्मीहरुको तर्फवाट नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले स्वास्थ्यसंग सम्वन्धित समाचार संकलन,सम्प्रेषण तथा सम्पादनमा संचारकर्मीहरुलाई आधारभुत जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
यसैगरी सोही कार्यक्रमको अवसर पारेर सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने उेन तथा नियमावली २०६८ कार्यान्वयन र नसर्ने रोगको रोकथाम गर्ने सम्वन्धि बिषयमा पनि अन्तरक्रिया सम्पन्न गरिएको थियो ।