डिभीको नतिजा सार्वजिनक

632 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, वैशाख १९ – संयुक्त राज्य अमरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा (डिभी) को नतिजा सार्वजनिक गरेको छ ।

सन् २०१३ को अक्टोबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदनमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले अमेरिकी समय अनुसार मे १ तारिखको राति १२ बजेपछि अफिसियल वेबसाइटमा डिभीको नतिजा राखेको छ । अमेरिकाले संसारभरिका नागरिकलाइ आफ्नो देशमा वसोवास गर्न अनुमति दिन डिभी भराउने गरेको छ । धेरै नेपालीहरुले पनि अमेरिका जानका लागि डिभी चिठ्ठा भर्ने गरेका छन् ।

सन् २०१५ का लागि विभिन्न देशका ५५ हजार नागरिकहरुले स्थायी बसोबास भिसा पाउनेछन् । आवेदकले १६ डिजिटको कन्फरमेसन नम्बर, आफ्नो थर, परिवारको नाम र जन्ममितिको अधारमा आफलाइ डिभी परेको वा नपरेको थाहा पाउन सक्नेछन् उज्यालो अनलाईनले खबर छापेको छ ।

डिभीको नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोला