थानकोट–नौबिसे सडक समयमै नसके कारबाहीको चेतावनी

531 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, १५ असार  – अख्तियार दुरुपयोग अनुशन्धान आयोगले थानकोट नौविसे सडक मर्मतको काम तोकिएको समयमा नसके सम्बन्धित पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सडक मर्मतको काम निरन्तर निगरानी गर्ने र प्रतिबद्धता बमोजिम नभए कारबाही गर्ने अख्तियारले चेतावनी दिएको हो । थानकोट नौविसे तथा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकखण्डको मर्मतको काम असार २५ गते भित्र सक्ने प्रतिवद्धता जनाएको छ ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले आयोजनाका पदाधिकारीसँग गरेको समीक्षा कार्यक्रममा आयोजनाले असार २५ गते भित्र मर्मतको काम सक्ने प्रतिबद्धता जनाएको हो ।