बल प्रयोग गरेर खुलाईयो धादिङमा राजमार्गको अवरोध

929 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पृथ्वीराजमार्गको महादेवबेसी –नौविसे खण्ड अन्र्तगताको सातकिलामा बिच सडकमै रोकिएको टिफर  तस्बिर : पत्रकार सन्तोष अधिकारी /बैरेनी
पृथ्वीराजमार्गको महादेवबेसी –नौविसे खण्ड को सातकिलामा बिच सडकमै रोकिएको टिफर
तस्बिर : पत्रकार सन्तोष अधिकारी /बैरेनी

धादिङ- सार्वजनिक आवागमन ठप्प पारेर राजमार्गमा घण्टौं सम्म लामवद्ध रुपमा टिफर तेस्र्याएपछि धादिङ प्रहरीले वल प्रयोग गरेर जथाभावी रोकेर राखिएका टिफर हटाएर सडक खुलाएको छ ।
सरकारले रोडा, ढुङ्गा तथा वालुवाको उत्खनन र निकासीमा रोक लगाएका कारण टिफर खरिदका लागि गरिएको लगानी डुव्नुका साथै  टिफरका मजदुरको रोजिरोटी संकटमा परेकोभन्दै व्यवसायीले सरकारी निती विरुद्ध पृथ्वीराजमार्गमा  शुक्रवार दिउंसो सडक अवरुद्ध पारेर पृथ्वीराजमार्गको महादेवबेसी–नौविसे क्षेत्रमा सवारी आवागमन ठप्प पारेका थिए । यातायात व्यवसायीको अवरोधका कारण राजधानीवाट वाहिर निस्किएका र देशका विभिन्न ठाउंंवाट राजधानी आउंदै गरेका सयौं सवारी साधन घण्टौं सम्म धादिङको महादेवबेसी–नौविसे क्षेत्रमा रोकिन पुगेका थिए ।
दिउंसो २ वजे वाट शुरु भएको विरोध प्रदर्शनका कारण पृथ्वीराजमार्ग ठप्प हुन पुगेपछि प्रहरीले ५ वजे पछि वल प्रयोग गरेर सडक सञ्चालनमा ल्याएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो । पटक पटक अनुरोध गर्दा पनि व्यवसायीले सडक अवरोध गर्न नछाडेपछि स्काभेटरको प्रयोग गरेर बिच सडकमै रोकेर राखेका टिफरहरु सडक किनारामा पन्छाएर अवरोध हटाईएको र सडक अवरोध गर्ने कार्यमा संलग्न मध्ये २ जना लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको पनि मल्लले वताउनु भयो । रातीको समयमा सडक वन्द हुन नदिन राजमार्ग क्षेत्रमा प्रहरी सक्रियता बढाईएको पनि मल्लले जानकारी दिनु भयो ।
यता व्यवसायीहरुले भने प्रहरीले वल प्रयोग गर्दा ५० वटा भन्दा बढी टिफरमा सामान्य क्षती भएको र १० वटा टिफर कामै नलाग्ने अवस्थामा पुगेको वताएका छन । टिफर व्यवसायीहरुकोराजधानीमा जारी रहेको प्रदर्शनमा प्रहरीले वल प्रयोग गरेर यातायात मजदुरहरुलाई यातना दिएका कारण धादिङमा वन्द गरेर विरोध जनाउनु परेको टिफर व्यवसायी मनोज कार्कीले बताउनु भयो ।