कोटा बढाउन माग गर्दै उद्योगीद्धारा आन्दोलन घोषणा

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gasकाठमाडौं, १८ भदौ । एलपि ग्यास उद्योग संघले भदौ सम्म ग्यासको कोटा नबढाइए ग्यास आयात र विक्रि वितरण ठप्प पार्ने चेतावनि दिएको छ । संघले बुधबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघले अघि सारेका आन्दोलनका कार्यक्रमले दशैंको मुखैमा एलपी ग्यास अभाव हुने देखिएको छ । संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएन भने एकसातामै ग्यास अभाव हुने देखिएको छ । संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम अनुसार १९ गते विहिबार प्रमुख राजनीतिक दलहरुको केन्द्रीय कार्यलयमा ज्ञापन पत्र बुझाउने, २० शुक्रबार उपभोक्तावादी संघ संस्थासँग ग्यास आपूर्ती सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने, २२ गते आइतबार देखी ग्यासको पि.डि.ओ. नबनाउने तथा खरिद नगर्ने र ४ गते मंगलबार देखी इण्डियन आयल, कर्पोटशनको सबै रिफाईनरीबाट ग्यासको लोडिङग पुर्ण रुपमा बन्द गर्ने, भाद्र २७ गते देखी सम्पुर्ण भन्सार नाकाहरुबाट ग्यास नछुटाउने र ग्यासको कारोवार ठप्प पार्ने कार्यक्रम छ । सम्बन्धित निकाय ग्यासको कोटा बढाउने विषयमा यस गम्भिर नभएपछि आयल निगमले यस विषमा बैकल्पिक उपाय नदिए २÷३ दिन भित्रमा नै ग्यासको चरण अभाब हुने नेपाल एलपी ग्यास उद्योग संघले बताएको छ । आफुहरुले राखेको माग अझै पनि सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै बजारको माग अनुसार मासिक करिब ३० हजार मेक्ट्रिक टन ग्यास आबश्यक रहेको र हाल नेपाल आयल निगमबाट मासिक २२ हजार मेक्ट्रिक टन मात्र कोटा रहे्कोले तत्काल कोटा बढाउन संघले माग गरेको छ । जुन ३५ प्रतिशत भन्दा बढि माग हो । आयल निगमले कुनै पनि वैकल्पिक व्यबस्था नगरिदिएपछि आन्दोलन गर्न बाध्य भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । उनले बाध्य भएर आन्दोलनको बाटोमा लाग्नु परेको उल्लेख गरे । उपभोक्ताको माग अनुरुप ग्यास वितरण प्रक्रियालाई सहज नगर्ने हो भने विगतका दिनमा झै बिच बाटोमै ग्यास कव्जा गर्ने स्थितिको श्रृजना हुने र त्यतिखेर यो अबस्था झन् भयाभह हुने घिमिरेको भनार्य छ । यस विषयमा राज्यले कुनै पनि वैकल्पिक उपाय नदिएसम्म आफुहरुले ग्यासको आपुर्ति बन्द गरि आन्दोलनका कार्यक्रममा सहभागी हुने समेत उनले चेतावनी दिएका छन् ।