सल्यानकोटमाईको जात्रा १७ गतेबाट सुरु हुने

1224 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10635723_10204720668884006_8860325559255549742_nधादिङ, मंसिर–११, धार्मिक तथा ऐतिहासकि महत्व बोकेको सल्यानकोटको माई मन्दिरको जात्रा यहि मंसिर १७ गतेबाट सुरु हुने भएको छ ।  त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति धादिङले बुधवार  धादिङबेसीमा पत्रकार सम्मेलन गरी जात्राको बारेमा जानकारी गराएको हो । प्रचार प्रसारको अभावले मन्दिर ओझेलमा पर्ने अवस्था आएकोले यस वर्ष मेलालाई सभ्य र भव्य बनाऊन आफहरु लागि परेकोे मन्दिर संरक्षण समितिका अध्यक्ष छन्दबहादुर राना मगरले बताउनुभयो । धादिङको सल्यानकोट र आगिन्चोक गाउँ विकास समितिमा गरि तीन वटा त्रिपुरा माईको मन्दिर रहेको छ । सल्यानकोट गाविसमा रहेको कोटलाई माथिल्लो कोट भनिन्छ भने आगिन्चोक गाविसमा रहेको मन्दिरलाई तल्लो कोट भनिन्छ । यस ठाउँ नेपाल एकीकरणको बेला तत्कालीन राजा पृथ्वीनारायण शाह गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्य जोडिएको छ । नुवाकोट आक्रमण जाँदा विजयी भएपछि राजाले भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । देवीलाई माथिल्लो कोटबाट आगिन्चोकको तल्लो कोटमा बाँजा गाजा सहित डोलीमा लैजाने परम्परा रहेको छ । सल्यानेकाटमा रहेको त्रिपुरासुन्दरी भगवतीलाई बर्षभर विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ । सल्यानकोट माईमा विषेश समयमा राखेर पुजा गर्ने प्रचलन नेपालकै अनौठो र विरलै भेटिने प्रचलन रहेको त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले जनाएको छ । यसैगरि सल्यानकोट र आगिन्चोकबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।