महिला हिंसाविरुद्धको अभियान जारी

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1507102_714452811974772_811254202369660373_nधादिङ, मंसिर–११, महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको आज तेस्रो दिन धादिङका सरोकारवाला निकायका प्रतिनिधि र न्यायिक निकायका प्रतिनिधिहरुबीच छलफल कार्यक्रमहर हुने भएको छ । महिलाहरुलाई आफ्नो अधिकार प्रति जागरुक बनाउने र हिंसा परेकालाई सहोग गर्ने उद्देश्य अनुरुप अभियान सन्चालन भईरहेको छ । यसैगरि बुधबार धादिङबेसीमा मा सम्पन्न भएको छलफलमा नागरिक समाज, अधिकारकर्मी, सेवाग्राही र महिला हिंसाका घटनाका पीडितहरुले आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो । सहभागीहरुको जिज्ञासाप्रति न्यायिक निकायका प्रतिनिधिहरुले पनि तत्काल जवाफ दिनुभएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको प्यानल डिस्कसन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल, महिला तथा बालबालिका अधिकृत सावित्री थापा, धादिङ जिल्ला अदालत वार एशोसियशनका पुर्व अध्यक्ष टंककुरमार श्रेष्ठ, जिल्ला सरकारी वकिल गोविन्द वरालका साथै अधिकारकर्मी राधिका सापकोटा लगायतले जवाफ दिनुभएको थियो  ।