जिविसमा पुर्व योजना तर्जुमा गोष्ठि

833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6447 copyधादिङ,१२ मंसिर – आर्थिक वर्ष २०७१।७२ का लागी प्रस्तावित योजनाको छनौट सहभागितामुलक बनाउन धादिङ जिविसले जिल्ला विकास पुर्व योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।
शुक्रवार जिल्ला विकास समितिको कार्यालयमा आयोजित गोष्ठिमा स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले गाविस तथा नगरपालिका, इलाका र जिविस परिषदमा अपनाउनु पर्ने नितिगत कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो । स्थानीय तहमा योजना तर्जुमा गर्दा वडा र बस्ती स्तरीय योजनालाई बिशेष प्राथमिकता दिनुपर्ने र अन्य नितिगत मापदण्डहरु पनि पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा आगामी पुस मसान्त भित्रमा गाउँ तथा नगरपालिका स्तरिय योजना तर्जुमा, माघ भित्रमा इलाका स्तरिय योजना तर्जुमा र फागुन पहिलो सातामा नै जिल्लाको बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गर्ने लक्ष्य लिएकोे जानकारी गराइएको थियो । गोष्ठिमा विभिन्न गैर सरकारी निकायका प्रतिनिधि,संचारकर्मी लगायतले खाद्यसुरक्षा,नदी तथा खोला प्रदुषण नियन्त्रण, वन संरक्षण , सुसासन, उर्जा तथा स्वास्थ्य र सरसफाईका बिषयलाई आगामी बर्षको योजनामा समावेश गर्न आग्रह गरेका थिए ।
SAM_6450 copyजिल्ला परिषद सम्पन्न गर्नुअघि जिविसले विभिन्न विषयगत समितिको बैठक समेत माघ महिनासम्ममा बसि सक्ने जनाएको छ । गोष्ठिका सहभागिहरुले गाविसमा उपलव्ध वजेट र विकास कार्यान्वयनका विषयमा पनि सुझाव दिएका थिए । गाउँ विकास योजना तर्जुमा सम्बन्धि मार्ग निर्देशन पालना भए नभएको अनुगमन गर्नका लागि विभिन्न प्रकृया अपनाइने पनि स्थानीय विकास अधिकारी तामाङले वताउनु भएको छ । गोष्ठिमा पार्टि प्रतिनीधि, पत्रकार, गाविस सचिवहरु, नगर पालिका प्रतिनिधिका साथै विभिन्न सरकारी कार्यालयका प्रमुखहरु र गैसस प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।