पापड धादिङको संयोजकमा नवराज छत्कुली

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6454 copyधादिङ–संविधान निर्माणमा भईरहेको ढिलाईका बिरुद्ध दवाव अभियान स्ंचालन गर्ने उद्धेश्यले धादिङ जिल्लाका पेशागत संस्थाका प्रतिनिधिहरु संगठित भएका छन ।
शनिवार धादिङबेसीमा बसेको विभिन्न ५ वटा पेशागत संगठनको संयुक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड)को पुर्न गठन गरिएको हो । तोकिएको मितिमा संविधान जारी गर्न जिल्ला स्तरवाट दवावमुलक अभियान संचालन गर्ने उद्धेश्यले पुर्नगठन गरिएको पापडको सदस्यहरुमा शिक्षक युनियन, प्राध्यापक संघ , वार एशोशियसन तथा इन्जिनियर एशोसियशन रहेका छन ।
माघ ८ गते भित्र संसवधान जारी गर्न दलहरुलाई दवावमुलक कार्यक्रम संचालनका लागि पापडको पुर्नगठन गरिएको हो ।