हिमपात र वर्षाका कारण धादिङ जिल्लाको जनजीवन कष्टकर

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 himpaatधादिङ– धादिङ जिल्लाको हिमाली भेगका उच्च बस्ती तथा ठाउँहरूमा शनिवार दिउँसोदेखि हिउँ पर्न थालेको छ । तिप्लिङ गाविसको अधिकांश बस्तिका साथै उच्च भागमा रहेका अन्य ठाउंहरुमा पनि  हिउँ पर्न थालेपछि चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

हिमाली भेगमा हिमपात र अन्य स्थानमा पनि रातभरी पानी परेका कारण चिसो बढेकाले जिल्लाको उत्तरी क्षेत्रको हिमाली भेगको जनजिवन संगै जिल्लाभर चिासोको प्रभाव देखिएको छ । वर्षासँगै परेको हिमपातका कारण कालीकोटको माथिल्लो क्षेत्रमा पर्ने गाविसको जनजीवन कष्टकर बनेको छ । हिमपातले जनजिवन अत्यन्तै कष्टकर वनेपनि हिमपात भएपछि जिल्लाका हिमाली क्षेत्रमा लगाइएको गहुँ, जौ बालि राम्रो हुने स्थानीयले बताएका छन् । माथिल्लो लेक क्षेत्रमा हिमपातका कारण अत्यधिक चिसो बढेकाले भेडा, बाख्रालाई चिसो छल्न तल्लो भेगमा झार्न सुरु गरिएको छ ।
पानीसँगै हिउँ पर्न थालेपछि हिमाली भेगका  जनजीवन कष्टकर बन्दै गएको छ । त्यहाँका सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् ।  समयमै परेको हिउँले माटो मलिलो बनाउने भन्दै किसान भने खुसी भएका छन् । “जिल्लाको सबै भू–भागमा शनिवार दिनभर घाम लागेन भने रातभरी पनि पानी परेको थियो ।