धादिङको सेर्तुङ र तिप्लिङक गाविसमा निशुल्क भेडाको उपचार

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उत्तरी धादिङका तिप्लिङ र सेर्तुङ गाउँ विकास समिमितिमा पालिएको भेडाहरुको निशुल्क उपचार गरिएको छ । चिसो मौसममा भेडामा विभिन्न प्रकारको रोग ले सताउने भएको कारणले कृषकहरुको घर–घरमा गएर उपचार गरिएको हो । नोर्ला र आपेरोनको सहयोगमा फोकस नेपालद्धारा संचालित एभीसीडि परियोजना अन्तर्गत यहि मंसिर २२ गतेबाट भेडाको उपचार गरीएको हो । चिसोले भेडाहरुमा पखाला लाग्ने, नाकबाट सिगान फ्याक्ने जस्ता समस्या देखिएर भेडा मर्न थालेपछि कृषकहरुको घरघरमा पुगेर उपचार गरिएको थियो । एक हप्ता सम्म सन्चालन भएको शिविरमा ६ दर्जन विरामी भेडाको उपचार गरीएको थियो । ग्रामिण पशु सेवा कार्यकर्ता तथा भेटेनरी जेटिएहरुले तिप्लिङ र सेर्तुङ गाउँ विकास समितिमा विविभन्न वडामा भेडाको स्वास्थ्य जाँच गरीका थिए । ३७ वटा भेडामा निमोनिया र अन्यलाई पखालाको समस्या भेटिएको थियो ।