माघ ८ मा संविधान जारी हुदैनः बादल

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेकपा–माओवादीका महा–सचिव रामबहादुर थापाले अहिलेको संबिधानसभाबाट नया“ संबिधान जारी गरे कार्यान्वयनमा ल्याउन नदिने चेतावनी दिनुभएको छ । पहिलो संविधानसभा संयन्त्रमूलक रुपमा त्यागेको र अहिले नक्कली संविधान निमार्ण गर्न लागेको आरोप लगाउदै नेता बादलले नेपाली जनतालाई आश्वासनमा नपार्न अरु राजनीतिक पार्टीलाई चेतावनी समेत दिनुभयो । पार्टी विभाजन पनि कार्यकर्ता रिझाउन जिल्ला दौडाहामा रहेका महासचिव थापाले संबिधानसभा अबैध रुपमा गठन भएको भन्दै त्यसले जारी गर्ने संबिधान जनता मार्फत कार्यान्वयनमा ल्याउन नदिने बताउनुभयो । धादिङको धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा थापाले संबिधानसभाले जबरजस्ती संबिधान जारी गरे त्यसलाई आफ्नो पार्टीले जनताको साथ लिएर च्यात्ने, जलाउने र शसक्त आन्दोलनमा उत्रने बताउनु भयो । उहा“ले राजनीतिक सभाले गोलमेच सम्मेलन, अर्को संबिधानसभा, लगायतका लोकतान्त्रिक विधि मार्फत संबिधान जारी गर्न सक्ने प्रस्ताव दलहरुले स्वीकार्नु पर्ने बताउनुभयो ।