धादिङवेसीमा राष्ट्रिय पोशाक दिवसको सम्झना

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 IMG_8982DSC_0497धादिङ १७ पुस  – राष्ट्रिय पोशाक दिवस घोषणा गर्नका लागि देश व्यापी दवावमुलक अभियान चलाईरहेका युवाहरुको पहलमा बिहीवार धादिङवेसीमा पनि यो दिवस मनाईएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पुस ७ गत देखि संचालित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको समापन कार्यक्रममा राष्ट्रिय झण्डा प्रदर्शन तथा सहभागी अतिथीहरुलाई भादगाउंले टोपी लगाईदिएर राष्ट्रिय पोशाक दिवस मनाईएकोृ हो ।
राष्ट्रिय पोशाक विशेष चाडपर्व र सांस्कृतिक कार्यक्रममा मात्र सीमित हुन थालेको तथा अंग्रेजी पात्रोको नयाँ वर्ष मनाउने र विदेशी पहिरन लगाउने क्रम बढेका कारण राष्ट्रिय पोशाक दिवस घोषणाको माग गरिएको अभियन्ताले बताएका छन ।
श्रद्धावान नेपाल संस्थाले पुस १७ गतेलाई राष्ट्रिय पोशाक दिवस घोषणाको माग गर्दै गतवर्ष  काठमाडौंमा प्रदर्शन गरेको थियो ।