बिचवजार चोकको बिद्युत्त पोल ढल्ने अवस्थामा -बिद्युत्त प्राधिकरण बेखबर

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6831 SAM_6835धादिङ,- सदरमुकाम धादिङबेसीको सबैभन्दा बढी जनचाप रहने बिचवजार चोकको बिद्युत्त पोल खिया लागेर भांचिने अवस्थामा पुग्दा समेत नेपाल बिद्युत्त प्राधिकरण बेखबर रहंदै आएको छ ।
वाहिरवाट आउने सवारी साधनहरु रोक्ने र सदरमुकामवाट वाहिर जाने अधिकांश सवारी साधन चल्ने मुख्य स्थानका साथै प्रमुख व्यापारिक केन्द्र भएका कारण बिचवजारमा संधैजसो मानिसको भिडभाड हुने गर्दछ । मानिसहरुको आवत जावत र सवारीको चाप निकै रहेको वजारमा बिद्युत्त तार बिस्तारका लागि गाडिएको बिद्युत्त पोल खिया लागेर ढल्नै लागेको महिनौं दिन वितिसकेको छ ।
फलामको पोलको फेदमा खिया लागेर ढल्ने अवस्थामा पुगेपछिस्थानीयवासी त्रसित हुने गरेका छन । ढल्नै लागेको पोलका बिषयमा पटक पटक नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाका कर्मचारीले देखाउंदा पनि वेवास्ता गरेको बिचवजारका व्यवसायी गणेश श्रेष्ठले वताउनु भयो ।
करेण्ट प्रवाह भईरहेको तार सहितको पोल सानो तिनो धक्काले पनि ढल्नै लाग्दा समेत प्राधिकरणले अर्को पोल फेरीदिने तर्फ चासो नदिंदा स्थानीयवासी कतिवेला दुर्घटनामा परिने हो भन्ने त्रासमा बसिरहेको श्रेष्ठको भनाई छ ।
प्राधिकरणको लापरवाहीका कारण पटक पटक धेरै ठाउंमा दुर्घटना हुने गरेको जनगुनासो बढिरहेको वेला जिल्ला सदरमुकामको व्यस्त स्थानमा ढल्नै लागेको बिजुली पोल फेर्नेतर्फ प्राधिकरणले चासो नदेखाएको स्थानीयको गुनासो छ । सडकको छेउमै रहेका कारण पोलमा कुनैपनि वेला कुनै मोटर ठोक्किएर होस या हावाहुरी चलेर पनि पोल ढल्ने अवस्थामा पुग्दा पनि मर्मतका लागि प्राधिकरणवाट पहल हुन नसकेको भन्दै स्थानीयले प्राधिकरण प्रति आक्रोश व्यक्त गरेका छन । पोल जिर्ण भएका बिषयमा आधिकारिक रुपमा कतैवाट कार्यालयमा जानकारी नआएको र प्राधिकरणका कर्मचारीले पनि सडक छेउको पोलहरुमा ध्यान दिन नसक्दा दुर्घटनाको सम्भावना वोकेर वसेको बिद्युत्त पोल परिवर्तन हुन नसकेको नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाका कर्मचारी सिताराम अधिकारीले वताउनुभयो । पोलकोअवस्था निकै जिर्ण रहेकाले तत्काल बैकल्पिक पोल खोजेर मर्मतका लागि पहल गरिने अधिकारीले वताउनु भएको छ ।

तस्बिरहरु – धादिङ न्यूज