पुतलीको संख्या घट्दै, कहाँ गएत धादिङमा पहिला देखिने पुतली ?

2408 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

putaliधादिङ– पुतली आफैँमा सुन्दर हुन्छ । पुतलीकै विषयमा धेरै गीत पनि लेखिएका छन् । तर हिजोआज सहरबजार तिर पुतलीको संख्या धट्दो छ । झुन्डमा देखिने पुतली पातलिदैँ गएका छन् । बढो मानवीय बस्तीसँगै बासस्थान विनाशले पपुतली समस्या परेका छन् । प्रकृतिलाई सन्तुलनमा राख्न सँगै रंगीविरंगी पपुपतली पर्यटकको समेत रोजाईमा पर्ने गरेको पाईन्छ । फुलको परागसेचन क्रियामा समेत मद्धत पु¥याउने पुतलीले एउटा फुलको रस अर्को फुलमा सार्ने काम गर्छन् । अन्य वन्यजन्तु तथा चराचुरुंगी धेरै अध्ययन गरेरे संरक्षण्का कार्यक्रम ल्याए पनि पुतलीबारे अहिले सम्म त्यस्तो केहि भएको छैन । अध्ययन र अनुसन्धान प्रक्रिया पनि व्यापक रुपमा हुन नसक्दा संरक्षणमा चुनौती थपिएको छ । सहरी क्षेत्रमा बढीरहेको बाक्लो बस्ती फुलविरुवा नहुन तथा वनजंगलमा लाग्ने डढेलाले पुतलीलाई बासस्थान समस्या भएको छ । धादिङका विकट गाउँ र राजमार्ग क्षेत्रमा पाईने पुतलीहरु विस्तारै लोप हुने अवस्थामा पुगेका छन् । तर पनि संरक्षणको क्षेत्रमा अहिले सम्म कसैको चासो जान सकेको छैन । नेपालकै ठुलो अन्नपुर्ण संरक्षण क्षेत्रमा ३ सय ४७ प्रजातिका पुतली रेकर्ड गरिएको छ । त्यसो त विश्वमै नपाईने एक मात्र पुतली मनाङ र मुस्ताङमा मात्र पाईन्छ ।