साङकोष तिप्लिङ सडक ,बर्षेनी करोडौं खर्च- सडक संधै जिर्ण

943 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ फागुन ११ गते÷ जिल्ला विकास समिति धादिङले साङकोष तिप्लिङ सडक खण्डलाई बर्षेनी करोडौं रकम बिनियोजन गरे पनि अहिले सम्म पक्की बाटो बन्न सकेको छ्रैन् । सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका मानिने यस नीलकण्ठ नगरपालिका १२ को अधिकांश सडक खण्डहरु जिर्ण बन्दै गएको छ । समयमै सडक खण्ड मर्मत नहुँदा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु भने जोगिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

???????????????????????????????यसै गरी बर्षातको समयमा सडकको बीच भागमा पानी जमेर हिलाम्मै र हिउँदको समयमा धुलो बढी भई धुलाम्मै हुने भएकाले उक्त सडक खण्डबाट सवारी साधान आवत जावत गर्न निकै कठिन भएको सवारी चालकहरुको गुनासो रहेको छ । उता जिल्ला विकास समिति धादिङले भने अबको ५ बर्ष पछि साङकोष तिप्लिङ सडक खण्ड पक्की सडकको रुपमा परिणत हुने अनुमान गरेको छ । ५ बर्ष पछि त्यहाँका स्थानिय बासिन्दाहरु लगायत सवारी साधनहरु आवत जावत गर्न कुनै समस्या नआउने जिल्ला विकास समिति धादिङले जनाएको छ ।

आर्थिक बर्ष ०७१÷७२ देखि नै उक्त सडक खण्डको मर्मत सम्भारलाई जिविसले उच्च प्राथमिकता राख्दै आएको छ । यसै गरी अघिल्लो बर्षहरु जस्तै आगामी आर्थिक बर्ष २०७२÷७३ मा पनि सडक खण्डलाई विशेष प्राथमिकतामा राखेको छ । अन्य विकासका पूर्वाधार मध्ये यस बर्ष जिल्ला विकास समिति धादिङले सडक क्षेत्रलाई विकास गर्न विशेष पहल गरी रकम विनियोजन गरेको छ । धादिङ जिल्लाको ४६ वटा गाविस र १ वटा नगरपालिका क्षेत्रको सडक विस्तार र विकासका पूर्वाधारहरुको विकासको लागि जिल्ला विकास समिति धादिङले ३ अर्ब ३५ करोड ८१ लाख ४७ लाख २ हजार ९ सय ८३ रुपैंया रकम विनियोजन गरेको छ । जस मध्यै धादिङ उत्तरी क्षेत्रको विकास र साङकोष तिप्लिङ सडक खण्डमा २० लाख गरी कुल विभिन्न क्षेत्रमा गरी कुल १ करोड ५ लाख रुपैंया रकम बिनियोजन गरेको छ ।