पुकुनमा मरेकाहरुको सामुहिक दाहसंस्कार

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- बिषादी मिसिएको गहूँको रोटी खाएका कारण ज्यान गुमाएका पुकुन गाउंका एकै परिवारका ६ जनाको मंगलवार सामुहिक दाहसंस्कार गरिएको छ ।
???????????????????????????????दक्षिणी धादिङको पिडा गाविस वडा नम्बर ८ पुकुन गाउंका सञ्जबहादुर तामाङ,उनको बुहारी २८ बर्षिय फुलमाया तामाङ तथा नाति नातिनाहरु सबिता तामाङ,अर्जुन तामाङ,अनिता तामाङ र रमेश तामाङको सोमवार बिषाक्त गहुंको रोटी खांदा मृत्यु भएको थियो । मृतक सबै जनाको तामाङ संस्कार अनुसार पिडा गाविसको वन्छेटारमा छुट्टाछुटै चिता वनाएर आफन्तहरुले दाहसंस्कार गरिदिएका हुन । मृतक सन्जवहादुरका जेठा छोरा रामवहादुर खाजा खाने वेलामा घर वाहिर रहेकाले विरामी परेका छैनन । माईला छोरा टेकवहादुरको काठमाण्डौमा उपचार भईरहेको छ भने कान्छा छोरा पूर्णवहादुर २ बर्ष देखि बैदेशिक रोजगारीका लागि साउदीमा रहेका छन । सोही घटनामा परि सोही परिवारका ४ सदस्य सहित अन्य १६ जनाको काठमाण्डौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा आपतकालिन अवस्थामा उपचार भईरहेको छ । एकै परिवारका ६ जनाको एकैपटक मृत्यु भएर सामुहिक अन्त्येष्ठि गरेको दृष्यले मंगलवार दाहसंस्कार स्थल पुगेका सबैको आंखा रसाएका थिए ।
मृतकका परिवारजनलाई आपतकालिन राहत वितरण
IMG_0231यसै बिच यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरसँगको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय गैर सरकारी संस्था प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले पुकुन घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग उपलव्ध गराएको छ । प्रति मृतक रु ७ हजार ५ सयका दरले .४५ हजार रुपैया मंगलवार दाहसंस्कारस्थलमा पुगेर हस्तान्तरण गरिएको हो । आपतकालिन राहतका लागि उपलव्ध गराईएको सो रकम धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले मृतक सञ्जबहादुरका जेठा छोरा राम बहादुर तामाङलाई हस्तान्तरण गर्नु भएको थियो । राहत हस्तान्तरण कार्यक्रममा यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरका टीम लिडर शशी घलान,प्रयास नेपालका अध्यक्ष उषा बि.क., धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल लगायतको उपस्थिति रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले जानकारी दिनु भयो ।
मृतकको दाहसंस्कार र काजकिरीया लगायतको प्रयोजनको लागि प्रति मृतक रु ७ हजार ५ सयका दरले रकम वितरण गरिएको र घाईते भएका परिवारका सदस्यहरुको लागि प्रति व्यक्ति ३ हजार ३ सयका दरले गाउंमै पुगेर खाद्यान्न सहयोग गरिने प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।