डढेलो नियन्त्रणका लागि उपभोक्ताहरु नै सचेत बन्दै

1175 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सलाङ, धादिङ ।
फागुन ३० – पछिल्ला बर्षहरुमा बनजंगल डढेलोले सखाप बनाउन थालेपछि उपभोक्ताहरु आफै डढेलो नियन्त्रणका लागि सचेत बन्न थालेका छन । गर्मीयामको सुरु हुने वित्तिकै बन जंगलमा डढेलो लाग्ने र त्यसले समुदायमा नै नराम्रो असर पार्न थालेपछि बनजंगल जोगाउन उपभोक्ता समितिका सदस्यहरुनै लागिपर्न थालेका हुन । बनजंगल डढेलोबाट जोगाउने अभियान अन्तरगत आज सलाङ गाउ विकास समितिको बडा नं ८ बुङचुङमा डढेलो नियन्त्रणका लागि सचेतिकरण गोष्ठी तथा ¥याली गरिएको छ ।
जलविरे साुमदायिक बन उपभोक्ता समितिको आयोजनामा गरिएको बन डढेलो नियन्त्रण सम्वन्धी सचेतिकरण गोष्ठी तथा ¥यालीमा सलाङ गाउ बिकास समितिका कालिपार सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरु र जलविरे सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
विगतका बर्षहरुमा बनमा लागेको डढेलोबाट स्थानियहरुलाइ नै असर गर्न थालेपछि वनको कसरी संरक्षण गर्न सकिन्छ र बनमा डढेलो लाग्नबाट जोगाउन के के गर्न सकिन्छ भनेर उपभोक्ता समितिका सदस्यहरुलाइ सचेत गराउनको लागि कार्यक्रमको गरिएको जलविरे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रेमनाथ भट्टले बताउनुभयो ।
गर्मीयाम सुरु हुने वित्तिकै बनजंगलमा डढेलो लाग्न सुरु हुने भएकाले स्थानिय उपभोक्ताहरुलाइ सचेत बनाउन सके र जंगल संरक्षणबाट हुने फाइदाहबारे जानकारी दिन सकेकोखण्डमा केही हदमा भएपनि डढेलो नियन्त्रण गर्न सकिने भएकाले यस्ता कार्यक्रममहरु समय समयमा गरिराख्नुपर्ने जलविरे सामुदायिक बनका उपभोक्ता अमर बहादुर शाहीले बताउनुभयो ।
SAM_6783युएसएआइडीको आर्थिक सहयोगमा डब्लुडब्लुएफ, केयर नेपाल, फेकोफन र एनटीएनसीको साझेदारीमा संचालित हरियो बन कार्यक्रम अन्तरगत सलाङको जलविरे सामुदायिक बनका उपभोक्ताहरुलाइ सचेत बनाउनका लागि गरिएको गोष्ठी तथा ¥यालीमा सामुदायिक बन उपभोक्ता महासंघ धादिङकी कार्यक्रम संयोजक सुष्मा सिलवाल र सामुदायिक बन उभोक्ता महासंघ जिल्ला कार्य समितिका सदस्य रन्जित सिलवालले बन डढेलो नियन्त्रणका विषयमा सहजीकरण गर्नुभएको थियो ।
गोष्ठी पश्चात सुरु भएको सचेतना ¥यालीले बन जोगाऔ ः डढेलो नलगाउ, बन्यजन्तुको चोरी सिकारी नगरौ, एक रुख काटेमा १० रुख रोपौ भन्ने जस्ता नाराहरु लगाउदै जलविरे सामुदायिक बनको विभिन्न भाग परिक्रमा गरेको थियो ।
सुख्खा याममा बनजंगलमा लाग्ने डढेलोको असरहरुबारे बुझ्न थालेपछि पछिल्लो समय धादिङका विभिन्न सामुदायिक बनहरुले डढेलो नियन्त्रण सम्बन्धी सचेतिकरण कार्यक्रम संचालन गर्न थालेको छन ।