धादिङ रेडक्रसको सभापतीमा एनेकपा माओवादीका सीताराम कोईराला निर्वाचित

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10906054_614850638649508_8379853507321151777_nधादिङ,१७ चैत- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सभापतीमा सीताराम कोइराला निर्वाचित हुनु भएको छ । सभापती पदका प्रत्याशी आफ्नै मामा इश्वरीप्रसाद अधिकारीलाई पराजित गर्दै कोईरालाले विजय हासिल गरेका हुन । कोईरालाले ८१ र अधिकारीले ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
निवर्तमान कार्य समितिका मन्त्री कोईराला र सभापति इश्वरीप्रसाद अधिकारीका बिच सभापतिमा चुनाव भएको थियो । आफ्नै मामासंग चुनावी प्रतिस्पर्धामा उत्रिएका कोईराला एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य हुन भने अधिकारी नेकपा–माओवादीका जिल्ला सदस्य हुन । मामा भान्जाका बिच राजनैतिक आस्था फरक परेपछि कोईरालालाई एकीकृत नेकपा माओवादीले र अधिकारीलाई नेकपा –माओवादी,नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपाले समर्थन जनाएको थियो ।
आईतबार धादिङबेसीमा उदघाटन भएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको २८ औं जिल्ला सभा तथा १० औं अधिबेशनको सोमवार सम्पन्न निर्वाचनवाट जिल्ला शाखामा नयाँ कार्य समितिको चयन गरेको हो । जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित हुनेहरुमा नारायणकुमार श्रेष्ठ(८५), लक्ष्मी शाह(८३), नारायण तिमिल्सिना(८२), कृष्णकुमार श्रेष्ठ(८१),दुलर्भकुमार तामाङ(८०), नेमवहादुर श्रेष्ठ(७८),भेषराज नेपाल (७६),जयराम थापा ( ७२),देवराज धरेल (७१),यमवहादुर वानियाँ(७०) र मंगवहादुर तामाङ (६८) रहेका छन । सदस्य पदमा विजयी मंगवहादुर वाहेक अरु सवै जना कोईराला प्यानलबाट विजयी भएका हुन । विजयी भएका सबैजना एकीकृत नेकपा माओवादीको जिल्ला पार्टी कमिटी तथा अन्य जन वर्गिय संगठनमा आवद्ध रहेका व्यक्तिहरु हुन । अध्यक्ष पदका प्रत्याशी अधिकारी प्यानलबाट भने निवर्तमान कोषाध्यक्ष मंगवहादुर मात्रै विजयी भएका छन । मंगवहादुर नेकपा–मओवादीका जिल्ला सदस्य समेत हुन ।