जिल्ला वनको आतंककारी शैलीको एमाले धादिङद्धारा आपत्ति

844 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

home collapse1साउन २२ गते धादिङको बैरेनी गाऊँ विकास समिती वडा नंबर ८ भल्टार नयाँ बारीमा जिल्ला वन कार्यालय धादिङको नाममा मच्चाईएको आतंकको नेकपा एमाले धादिङले विरोध जनाएको छ ।
वन क्षेत्र अतिक्रमण गरिएको भन्दै केही व्यक्तिको निर्देशनमा जिल्ला वन कार्यालय धादिङले शक्तिको दुरुपयोग गर्दै चलाएको कारबाहीप्रति नेकपा एमाले धादिङले गम्भीर ध्यानकर्षण भएको जनाएको हो । बुधवार सदरमुकाम धादिङबेसीमा आयोजित पत्रकार सम्मलेन मार्फत भल्टार घटनाको बिषयमा नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ले भन्नुभयो ‘ मध्य वर्षातको समयमा ऐन कानुनको आडमा गरिएको कार्य अमानविय छ । वर्षौं अगाडी निर्मित स्थाई संरचना, घर टहरा, सार्वजनिक शौचालय समेत डोजर प्रयोग गरी भत्काएकोमा त्रिपाठीले आपत्ति जनाउनु भयो । अध्यक्ष त्रिपाठीले स्थानीय प्रशासनले वन्द गरेको घरभित्रको सामान झिक्न नदिई ९० वर्षको वृद्धलाई समेत घरभित्रबाट घिसार्दै बाहिर निकाली डोजर लगाउने कार्य अमानविय एवम वर्वर दमन भएकोे त्रिपाठीले बताऊनुभयो ।
भल्टार घटना कुनै पनि हालतमा प्रक्रियावद्ध रुपमा नभई राजनितिक आग्रह पुर्वाग्रहका आधारमा नियमको पालना भन्दै डोजर लगाउने काम भएकोले एमालेले यस्ता बर्बर घटनाको विरोध जनाएको हो, अध्यक्ष त्रिपाठीले पत्रकार सम्मेलनमा भन्नु भयो ।
लोकतन्त्र र कानूनी राजका पक्षमा लड्दै आएको नेकपा एमाले कानुनको वर्खिलापमा काम्गर्ने पार्टी होइन, तर जुन समयमा जुन शैलीबाट आतंक सिर्जना गर्ने कार्य भइरहेको छ यसले आम धादिङबासीमा त्रास र आतंकको वातावरण सिर्जना गराएको एमालेले जनाएको छ । आम नागरिकको निजी सम्पत्ति ध्वस्त पारेर आतंक मच्चाउने काम गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । जिल्ला वन कार्यालयको कार्यशैलीले शान्तीपुर्ण वातावरणमा बाँच्न पाउने र मेहनत गरेर खान पाउने अधिकारबाट धादिङ जिल्लाबासी बञ्चित हुँदै गएको आभाष भएको पनित्रिपाठीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ । यस्ता गलत कार्यमा लाग्न उक्साउने समूह र कुनै राजनैतिक दल बिशेषको ठाडो निर्देशनमा गरिएको दमन रोक्ने तर्फ स्थानिय प्रशाशनले बेलैमा ध्यान पु¥याउनु आवश्यक रहेको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
साउन २२ गते भल्टारमा सुरेश खतिवडा, सुवर्ण खतिवडा, सन्तोष अधिकारी र बाबु थापाले सञ्चालन गरेको सार्वजनिकम शौचालय र चिया नास्ता पसल माओवादी केन्द्र निकट रहेका चार जना व्यक्तिको उजुरीका आधारमा जिल्ला वन कार्यालयले सदरमुकाम धादिङवेसीवाट ल्याएको लावा लस्करको आडमा भत्काउने काम गरेको थियो । भल्टारमा चारवटा पसलमा सामान समेत झिक्न नदिई भत्काएर आतंक मच्चाएको सोही टोलीले बैरेनी गाविस वडा नम्बर ७ चिरौंदीमा पनि निर्माणाधिन घरमा कार्यरत मजदुरहरु माथि हातपात गर्दै घर भत्काएको थियो । पृथ्वीराजमार्गको धादिङ खण्डमा वन तथा सडक सिमा अतिक्रमण गरी वनाईएका तीन हजारं भन्दा बढी घर टहरा सञ्चालनमा रहेपनि पत्रकार। सामाजिक अभियन्ता आदीको आवरणमा विभिन्न अनैतिक कार्यमा संलग्न हुनेहरुको लिखित निर्देशनमा भल्टार घटना घटाईएको तथ्य धादिङ न्यूजले फेला पारेको छ ।