आयोगले सार्वजनिक गर्‍यो चुनावको तालिका

1086 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nirwachan-aayog_qyr4d6RmO2काठमाडौं : सरकारले चुनावको मिति घोषणा गरेको तेस्रो दिनमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । वैशाख ३१ मा हुने भनिएको चुनावमा वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

वैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।

१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । १९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।