भूकम्पपछिको २ वर्ष ख्यालख्यालमा वित्यो

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

राजेन्द्र बस्नेत
धादिङ, १२ वैशाख ; विनाशकारी भुकम्पमा परिवारका सदस्य गुमाउनुको पिडा सजिलैसंग भुल्न  कसले पो सक्छ र । जुन घर लडेर २ जनाको ज्यान गयो, त्यही घर बस्न योग्य सावित गरायो सरकारले । सरकारको नियति हो या कर्मचारीको हेलचक्रयाई सानुकान्छी श्रेष्ठ अन्जान छिन् । भुकम्प सवैलाई आयो, धरै जनाले ज्यान गुमाउनु प¥यो । साविकको खाल्टे ४ (हाल नलिकण्ठ नगरपालिका ५) की सानुकान्छी श्रेष्ठकी सासु ८५ वर्षिय ज्ञानुमाया श्रेष्ठ र १० महिनाको नाती विशाल श्रेष्ठको भुकम्पका कारण घर लड्दा ज्यान गुमाए । गोठ लड्दा ७ खसीवाख्रा र एक वटा राँगो म¥यो । ठुलो परिवार भएका कारण घरगोठ धेरै नै थियो तर भएजति घरगो सवै लडे । हरेक वर्ष आउने वैशाख १२ गते श्रेष्ठ परिवार झस्काई दिन्छ । भुकम्प पछिको पूर्र्निर्माण कुरा गर्दा अझै झस्कन्छ । सरकारका नुनपानी खाएकाहरु पक्षपाती हुन्छन भन्न पछि पदैनन श्रेष्ठ परिवार । नभनुन पनि कसरी घर लड्दा २ जनाको ज्यान गएको छ, त्यही घर बस्न योग्य छ भन्ने कर्मचारलिाई ।

????????????????????????????????????

भुकम्प कारण जिल्लामा ८५ हजार भन्दा बढी घर क्षति भएको थियो । भुक्मपका काराण घर तथा गोठ भत्कदा छ सय ८१ जनाको ज्यान गुम्यो । सरकारले राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले घरघरमा गएर सर्भे गरेर ७० हजार पाँच सय ८१ घरलाई लाभग्राहीको सुचिमा राख्यो । जिल्लाभर १५ हजार ३ सय भन्दा बढीले आफुहरुको घर पूर्ननिमार्णको लाभग्राही सुचिमा नपरेको भन्दै गुनासो दर्ता गराएका थिए । तर गुनासो फछ्यौंटको क्रममा २ हजार पाँच सय ११ घरधुरीको सम्वोधन हुँदा समेत सानुकान्छ िश्रेष्ठ लाभगही सुचिमा परिनन् । पूर्ननिमार्णको लाभग्राहीको सुचिमा परेका ७३ हजार तीन सय ६३ परिवार मध्ये ६४ हजार सात सय २४ लाभग्राहीले आवस निमार्ण अनुदान सम्झौता गरेकाछन् । अनुदान सम्झौता गरेका मध्ये ६३ हजार चार सय ९२ जनाले पहिलो किस्ता प्राप्त गरेकाछन् । अनुदान सम्झौता गर्न सात हजार पाँच सय ६३ लाभग्राही वाँकी रहेकोछन् । एक हजार आठ सय ३४ लाभग्राहीलाई पहिलो किस्ता भुक्तानी दिन वाँकी रहेकोछ । ६० हजार भन्दा बढी लाभग्राहीले वैठकबाट भुक्तानी लिईसको जिल्ला समन्वय समितिका सुचना अधिकृत भोला गौतमले बताए ।

????????????????????????????????????

जिल्लाभर भूकम्प प्रतिरोधी वलियो घर निमार्ण गर्न जिल्लाभर ५ हजार भन्दा बढीले डकर्मी तालिम लिएकाछन् । चैत्र मसान्तसम्म ४ हजार आठ ७६ निमार्णधिन घर मध्ये तीन हजार चार सय ८९ लाभग्राहीले दोस्रो किस्ता रकम माग गर्न निवेदन गरेकोमा आठ सय ४७ जनालाई सिफासि दिएको शहरी विका तथा भवन निमार्ण जिल्ला कार्यालयका इन्जिनियर संयोग श्रेष्ठले बताए । पूर्ननिमार्ण कार्यलाई प्राविधिक सहयोग पु¥याउन एक सय १७ इन्जिनियर सहित ७७ जना ओभरसियहरु खटेकाछन् । तर एक सय ८४ जना इन्जिनिय र ओभरसियर खटिदा पनि आवास पूर्ननिमार्णले अपेक्षाकृत गति नलिदा भुकम्प पिडत यस वर्षको बर्खापनि त्रिपालमुनी नै बस्नु पर्ने पक्का छ ।
जिल्लामामा भईरहेको पूर्ननिमार्णका गतिविधिलाई हेर्न हो भने दुई वर्षमा करिव पाँच हजार घरहरु निमार्णधिन रहेकाछन् । यहि गतिमा पूर्ननिमार्णको काम अघि बढ्ने हो भने १२ वर्ष भन्दा बढी समय लाग्छ । इन्जिनियरहरुले लाभग्राहीलाई बुझाउन नसक्दा वा प्राविधिक सल्लाह दिन नसक्दा निमार्णधिन तथा सम्पन्न घरहरु दोस्रो किस्ता पाउँन योग्य छैनन ।