हराईरहेका ताईवानी नागरिकको ५५ दिन पछि हेलिकप्टरबाट उद्धार

856 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumbवेपत्ता ताइवनी पर्यटक २१ वर्षीय लाइङ सिंङ युन लाई ५५ दिन पछि जिवितै उद्धार गरिएको छ । बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा  फसेका उनलाई  सिम्रिक एयरका पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले बुधबार दिउंसो जिवितै उद्धार गरेका हुन् ।

नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको रुवीभ्याली  क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।दुवै जनालाई भेटेकोमा महिलाको मृत्यु भईसकेको र युवक भने जिवितै रहेको पाईएपछि बिशेषज्ञ टोलीले साहसिक ढंगबाट उनिहरुको उद्धार गरेको हो ।
खोजीमा जुटेका स्थानीय र राजधानीबाट खटेको उद्धारटोलीले ५५ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा  यि दुई ताईवानी नागरिकलाई फेला पारेका थिए ।    परिवार र ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओडारमा बसेको अवस्थामा युवकलाई गम्भिर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारे पछि एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेका थिए ।
धादिङबाट ट्रेकिङ गर्दै तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपातले बाटो नभेटे पछि वेपत्ता भएको उद्धारमा संलग्न लङलाइन रेस्क्यू गाइड छिरिङ डेण्डुप भोटेले बताए । विहान १० बजे भेटिएका पर्यटकलाई दिउसो सिम्रीक एयरको हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो ।   सिम्रिक एयरसँग लङलाइट रेस्क्युका बिशेषज्ञ पाइलट रहेका छन । लङलाइट रेस्क्यु गर्नेमा सिम्रिक एयर मुलुककै पहिलो हेलिकप्टर कम्पनी हो ।