गजुरी गाउँपालिका १ मा एमालेको प्यानलनै विजयी

839 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18492352_1255407784556698_332125840_nगजुरी गाउँ पालिकाको वडा नम्बर १ को मत गणना कार्य सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालय गजुरीले दिएको जानकारी अनुसार गजुरी गाउँ पालिका वडा नम्बर १ को वडाध्यक्षमा राजकुमार पण्डित सहित सबै सिटमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा विजयी हुनुभएका पण्डितले ५९८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेका माके संयुक्त उम्मेदवारले ५९४ मत प्राप्त गरेका छन ।
विजयी हुनेहरुमा वडाध्यक्षमा राजकुमार पण्डित, सदस्यहरुमा सन्तोष रिजाल, सावित्रि सुनार, धनकुमारी हमाल र नेत्र खनाल रहेका छन ।

धादिङको नेत्रावती गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली विजयी भएका छन् । त्यस्तै बेनिघाट गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङ २ सय ९२ मत ल्याई विजयी भएका छन् ।यसैगरी थाक्रे गाउँपालिका १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ ।