गल्छी गाउँ पालिका वडा नम्बर १ मा एमाले प्यानल विजयी

2018 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

galchhi-gaunpalika_6r62YLNGmrधादिङ– धादिङको गल्छी गाउँ पालिका वडा नम्बर १ साविकको कल्लेरी गाविसको वडा नम्बर १,२ र ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । सोमवार राती सम्पन्न भएको मत गणना परिणाम अनुसार नेकपा एमालेको वडाध्यक्ष उम्मेदवार पूर्णप्रसाद खतिवडाको नेत्तृत्वमा गल्छी १ बाट एमालेले विजयी शुरुवात गरेको हो ।
umlवडा ध्यक्ष पदमा विजयी हुनु भएका खतिवडाले ८८१ मत प्राप्त गर्नु भएको छ भने वडाध्यक्ष पदका अर्का उम्मेदवार नेपाली काँग्रेसका भाईकाजी तिवारीले ७३२ र नेकपा माओवादी केन्द्रका रामशरण सेन्चुरीले ९७ मत पाएका छन ।
कुल १७९१ मत खसेको यस वडामा गाउँ पालिकाको अध्यक्षमा गल्छी १ बाट नेकपा एमालेलाई ९५४ र उपाध्यक्षमा ९१५ मत आएको छ भने नेपाली काँग्रेसलाई अध्यक्षमा ७१५ उपाध्यक्षमा २८७ आएको छ । माओवादी केन्द्रको अध्यक्षका लागि २२, उपाध्यक्षका लागि ४४० मत आएको छ । उम्मेदवारी फिर्ता नगरेपनि नेपाली काँग्रेसलाई समर्थन गरेको राप्रपाले २ मत पाएको छ भने स्वतन्त्र उपाध्यक्षमा १ कत खसेको छ । वडामा जम्मा २८ मत मात्रै वदर भएको छ ।
यस वडा बाट अध्यक्ष पदमा यस गाउँ पालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र तालमेल गरी अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार खडा गरेको भएपनि उम्मेदवारी छाडेका माओवादी केन्द्रका अध्यक्ष र नेपाली काँग्रेसका उपाध्यक्षका लागि पनि मत खसेको छ ।